Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

NFSJ

टोकियो – सुदूरपश्चिमेली समाज जापानको ‘सेन्दाई’ क्षेत्रीय कार्यसमितिको गठन गरिएको छ । बिनोद चन्दलाई अध्यक्षमा चयन गर्दै १६ सदस्यीय कार्य समितिको गठन पनि गरिएको छ।
सेन्दाइमा आयोजित सुदुरपश्चिमेलीको एक भेलाले चन्दलाई अध्यक्षमा चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा रमेश भट्ट, सचिबमा जया चन्द, सहसचिबमा मोहन भट्ट र कोषाध्यक्षमा प्रकाश महता चयन भएका छन् ।
त्यस्तै, कार्यसमितिको सदस्यहरुमा क्रमशः उद्धब चन्द , सपना चन्द, पंकज चन्द, बिक्रम चन्द, प्रकाश जोशी, संजिप पाण्डे, खेमराज क्षेत्री, राजेन्द्र अवस्थी, आयुष भट्ट, राजेन्द्र पाण्डे र पदम साउद सर्बसम्मत चयन भएका छन् ।
सेन्दाईमा रहेका सुदूरपश्चिमेलीबीच एक आपसमा आपसी सहयोग, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्धेश्यले समाज गठन गरिएको अध्यक्ष विनोद चन्दले जानकारी दिनुभयो ।
सुदुरपश्चिमेली समाज जापानको यो दोश्रो क्षेत्रीय कार्यसमिति हो। यस भन्दा अघि समाजको फ़ुकुओका क्षेत्रीय कार्यसमितिको गठन गरिएको थियो ।

तपाईको प्रतिक्रिया