Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – दुर्घटनामा परि घाइते भएका पूर्व महान्यायाधीवक्ता हरि फुयाँलको स्वास्थ्य अवस्थामा सुधार भएको छ ।  सुनसरीको इटहरीबाट श्रीमती र ससुरासहित काठमाडौं फर्किने क्रममा उहाँको गाडी शनिबार धनुषाको ढल्केबरमा दुर्घटना भएको थियो ।

दुर्घटनापछि घाइते भएका फुँयाल र उहाँका ससुराको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उहाँको श्रीमतीलाई भने शनिबार डिस्चार्ज गरिएको कानुन व्यवसायी टिकाराम भट्टराईले जानकारी दिनुभयो । फुयाँलको स्वास्थ्य अवस्था सामान्य भएकाले आइतबार डिस्चार्ज गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया