Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले अबको सङ्घर्ष सुशासन, समृद्धि र विकासका लागि हुनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान पश्चिमाञ्चल विकास मञ्चका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले राजनीतिक परिवर्तनका लागि लामो समय खर्चिएकाले अब आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दिगो हुनसक्दैन” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका उपस्वकीय सचिव मनहरि तिमल्सिनाले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले मधेस, पहाड र हिमाललाई जोडेर आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी दुवै देशबाट नेपालको हितका पक्षमा काम गरी मुलुकलाई विकास समृद्धि र पुनःनिर्माणको दिशामा अघि बढाउनु आफ्नो प्राथमिकता भएको उल्लेख गर्नुभयो । मञ्चका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा गएको मञ्चको प्रतिनिधिमण्डलले पश्चिमाञ्चल क्षेत्रको विकासका साझा अवधारणा र चुनौतीबारे प्रधानमन्त्रीलाई अवगत गराउँदै कठिन घडीमा बनेको सरकारलाई सफल बनाउन आफूहरुको पूर्ण सहयोग रहने जानकारी गराइएको मञ्चका महासचिव धर्मराज बरालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया