Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

बुटवल – सर्पको डसाइबाट मृत्यु भएका भनिएका यहाँका एक व्यक्तिको दाहसंस्कार गर्न लाग्दा जिवित मानिसले जस्तै शरीरका अङ्ग चलाउन थालेपछि सबैलाई चकित पारेका छन् ।
रुपन्देहीको सैनामैना नगरपालिका-९ देउपारका जोखु चौधरीलाई शुक्रबार बेलुका घरमै सर्पले डसेको थियो । सर्पको डसाइपछि उनलाई तत्कालै उपचारार्थ लुम्विनी अञ्चल अस्पताल बुटवलमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पतालमा मृत्यु भएका जोखुलाई परिवारले रातिनै घर लगेर आफ्नो संस्कारअनुसार आज बिहान कपिलवस्तुको लक्ष्मणघाटमा दाहसंस्कार गर्न लाग्दा उक्त व्यक्तिले पुनः जिवित मानिसले जस्तै हातखुट्टा चलाउने र शरिरबाट पसिना निकालेपछि सबैलाई चकित पारेका थिए ।
मृत्यु भएका भनिएका व्यक्तिको शरीरमा त्यस्तो अवस्था देखापरेपछि परिवार तथा दाहसंस्कारमा पुगेका मलामीले उनलाई पुनः भैरहवास्थित मेडिकल कलेज पु¥याइ भेन्टिलेटरमा राखेको करिब एक घण्टापछि त्यहाँ पनि चिकित्सकले मृत्यु भएको घोषणा गरेका उनको दाहसंस्कारमा पुगेका एमाले जिल्ला सदस्य नरबहादुर थापाले जानकारी दिनुभयो ।
चिकित्सकले मृत्यु घोषणा गरेका केही व्यक्तिमा अपवादको रुपमा यस्तो प्रतिक्रिया देखिने सम्भावना रहेको र यस्तो अवस्थालाई ‘रिगोर मोर्टिस’ भएको मानिने लुम्विनी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा विकास देवकोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया