Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

Dfxf]Q/Lsf] 9Ns]a/ ;j:6]zg pmhf{ dGqL hgfb{g zdf{n] :ynut cg'udg u/L cfufdL dªl;/leq cfof]hgf ;DkGg ug{ lgb]{zg lbg'ePsf] Dfxf]Q/Lsf] 9Ns]a/df lgdf{0fflwg g]kfn ljB't k|flws/0fsf] ;j:6]zg . ;f] ;j:6]zg lgdf{0f k|lqmofn] ult lng g;Sbf ef/taf6 cfoft ug]{ elgPsf] ljB't Nofpg ;d:of k}bf ePsf] 5 . tl:Af/ M /d]z nD;fn, /f;;

धनुषा – विगत तीन वर्षदेखि निर्माणका क्रममा रहेको ढल्केबर सव स्टेशनले पूर्णता नपाउँदा भारतबाट आयात गर्ने भनिएको थप विद्युत् ल्याउन समस्या हुने भएपछि सरकारले चासो व्यक्त गरेको छ ।
आगामी हिउँदमा विद्युत् भार कटौतीलाई सात घन्टामा सीमित गर्न पनि २२० केभी क्षमताको सो सव स्टेशन आगामी मङ्सिरभित्र सम्पन्न गर्नुपर्छ । तर नेपाल विद्युत् प्राधिकरण र चिनियाँ ठेकेदार सिपिजिसिबीच आवश्यक समन्वय हुन नसक्दा सवस्टेशन निर्माण प्रक्रियाले गति लिन नसकेको अवस्थामा ऊर्जा मन्त्रालयले तत्काल सो परियोजना निर्माण सम्पन्न गर्न निर्देशन दिएको हो । ऊर्जा मन्त्री जनार्दन शर्मा नेतृत्वको उच्चस्तरीय सरकारी प्रतिनिधि मण्डलले ढल्केबर सव स्टेशनको निर्माण प्रक्रियाका बारेमा चासो व्यक्तगर्दै आयोजना प्रमुख र सम्बन्धित ठेकेदारलाई आगामी चार महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएको हो ।
नेपाल र भारतबीच केही समयअघि सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकले नेपालले माग गरे बमोजिमको विद्युत् भारतले उपलब्ध गराउन सहमति जनाएको थियो । भारतले उपलब्ध गराउने विद्युत् ल्याउन ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत विद्युत् उपलब्ध गराउन सहमति भए पनि नेपालतर्फ सवस्टेसन निर्माण प्रक्रियाले गति नलिँदा समस्या उत्पन्न हुँदै आएको छ ।
चिनियाँ ठेकेदारले केही सामान्य समस्या देखाएको छ । नालाबाट पानी व्यवस्थापन, विद्यमान सवस्टेशन नजिक रहेको प्राधिकरणको टावरको स्थानान्तरण र कोलकात्ता बन्दरगाहामा रोकिएको सामान तत्काल छुटाइदिन सरकारसँग माग गरेको छ । ठेकेदारले उठाएको सो विषय जटिल नभएको र सव स्टेशन निर्माण हुने स्थानमा जग्गा सम्याउने र माटो परीक्षणलगायतका काम सकिएकाले आगामी मङ्सिरभित्र आयोजना सम्पन्न गर्न कुनै गाह्रो नहुने सम्बन्धित आयोजनाको दाबी छ ।
नेपालतर्फ सव स्टेशनको काम अगाडि नबढेपछि भारतीय पक्षले मोबाइल सव स्टेशन राखेर भए पनि नेपाललाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउन तयार देखिएको छ । तर सो प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले मोबाइल सव स्टेशनको विषयमा प्रारम्भिक छलफल मात्रै भएको र कुनै पनि निष्कर्षमा नपुगिएको बताउनुहुन्छ । काफ्लेले भन्नुभयो “हाम्रो ध्यान स्थायी सव स्टेशन नै भएकाले आगामी हिउँदमा सात घन्टामा विद्युत्भार कटौती सीमित गर्न मङ्सिरभित्र काम सम्पन्न गर्न प्रयासरत छौँ । ठेकेदार र सरोकार भएका निकायले तोकेको जिम्मेवारी अनुसार काम गरे निर्माण सम्पन्न हुनसक्छ ।”

दैनिक जानकारी गराउनुस समस्या समाधान गर्छु– मन्त्री शर्मा

त्यसो त ऊर्जामन्त्री शर्माले सव स्टेशन निर्माणमा हुने दैनिक प्रगति र समस्या आफूलाई जानकारी गराउन निर्देशन दिनुभएको छ । ‘‘कुनै समस्या आए मलाई जानकारी गराउनूस, मेरो तहबाट हुने समाधान म गर्छु । मेरो तहबाट हुन नसक्ने समस्याको समाधान प्रधानमन्त्री तहमा लगेर निरुपण गर्छु’’ – मन्त्री शर्माले भन्नुभयो ।
विद्यमान सवस्टेशनमा भारतबाट आयात गरिएको ८० मेगावाट बाहेक अरु विद्युत् थप गर्न सम्भव छैन । कुल ४०० केभी क्षमताको प्रसारण लाइनलाई १३२ केभीमा रुपान्तरण गरेर भारतबाट विद्युत् आयात गरिएको छ । नयाँ सव स्टेशन निर्माण हुनसकेको खण्डमा भारतबाट थप ३०० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणका अर्का निर्देशक कुलमान घिसिङ बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया