Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

Nepali-Janasamparka-Samiti-Japanटोकियो – नेपाली काँग्रेसको जापानस्थित भात्तृसंगठन नेपाली जनसम्पर्क समिति जापानको छैठौं अधिवेशनमार्फत नयाँ कार्यसमितिको चयन गर्न भोलि आइतवार हुने भनिएको निर्वाचन फेरि अन्यौलमा परेको छ ।

मतदाताहरुको स्थानान्तर बिषयमा चर्को बिबाद बल्झिएपछि पार्टीको केन्द्रिय कार्यालयले पठाएको निर्देशन अनुसार निर्वाचन फेरि अन्यौलमा परेको हो । नेपाली काँग्रेसको केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा क्रियाशील सदस्यको बिदेशमा मतदाता स्थानान्तर हुने कुनै प्रावधान नभएकोले सोहीअनुसार गर्न भनिएको छ ।

केन्द्रको पत्रलाई आधार मान्ने हो भने जनसम्पर्क समितिको भोलि निर्बाचन हुने संभावना टरेर गएको छ । महामन्त्री, कोषाध्यक्ष लगायत आधा दर्जनभन्दा बढि सदस्यका उम्मेदवारहरु समेत नेपालको क्रियाशिल सदस्यतालार्इ जापान स्थानान्तर गरिएकाहरु रहेको निर्बाचन कमिटीका संयोजक महेशकुमार श्रेष्ठले समुद्रपारिलाई बताए ।

पार्टीको बिधान नै अध्ययन नगरी नेपाली जनसम्पर्क समिति जापानले स्थानान्तरण सदस्यलाई पनि उम्मेदवार र मताधिकार हुने पछिल्लो अपरिपक्व निर्णयका कारण अहिलेको विवाद बल्झिएको बुझिएको छ ।
पार्टी केन्द्रको परिपत्र प्राप्त भएपछि निर्बाचन के गर्ने भन्ने बिषयमा छलफल गर्न अहिले उच्चस्तरिय कार्यदल शिनओकुबोमा बैठक बसिरहेको छ । कार्यदलमा पूर्व अध्यक्षहरु, बहालवला कार्यसमितिका पदाधिकारीहरु र सल्लाहकारहरु रहेको बताईएको छ ।***
Letter

तपाईको प्रतिक्रिया