Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

pkk|wfg tyf cy{dGqL s[i0f axfb'/ dx/f lrg e|d0fjf6 kmls{P kl5 ljdfg:yndf kqsf/;+u 5nkmn ub}{ . tl:a/M k|bLk/fh jGt,/f;;

काठमाडौं – चीनका राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री ली खछयाङले शीघ्र नेपालको भ्रमण गर्नु हुनेभएको छ ।
छिमेकी मित्रराष्ट्र चीनका यी दुई अति विशिष्ट व्यक्तित्वबाट निकट भविष्यमा हुन लागेको नेपाल भ्रमणलाई नेपालले उच्च प्राथमिकतामा राखेको छ । भ्रमणका लागि दुवै देशले आ–आफ्ना परराष्ट्रमन्त्रालयलाई तम्तयार (स्ट्यान्डबाई) रहन निर्देशनसमेत दिएका छन् ।
आफ्नो पाँचदिने चीन भ्रमण सकेर आज स्वदेश फर्किनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै चीनका राष्ट्रपति पिङ र प्रधानमन्त्री खछयाङले छिट्टै नेपाल भ्रमण गर्नुहुने जानकारी दिनुभयो ।
ती विशिष्ट व्यक्तित्वको भ्रमणको तिथिमिति तयार भयो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “भएको छैन, छिट्टै उच्चस्तरीय बैठक र सल्लाह गरी उहाँहरुको नेपाल भ्रमणको मिति तयार हुनेछ ।” प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रुपमा उपप्रधानमन्त्री महराले साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म चीनको भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले चिनियाँ प्रधानमन्त्री खछयाङसँग भदौ १ गते बेइजिङमा विशेष भेटवार्ता गर्नुभएको थियो ।

cy{dGqL :jb]z lkmtf{ rLgsf] kfFrlbg] e|d0f ;s]/ zlgaf/ :jb]z kms{g]qmddf lqe"jg cGt/fli6«o ljdfg:yndf pkk|wfgdGqL tyf cy{dGqL s[i0faxfb'/ dx/f . tl:a/ M k|bLk/fh jGt, /f;;

सो अवसरमा चिनियाँ प्रधानमन्त्री लीले राष्ट्रपति र आफूले शीघ्र नेपाल भ्रमण गर्न उत्सुक रहेको उपप्रधानमन्त्री महरालाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री लीले नेपालमा नयाँ संविधान जारी भएपछि राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा नयाँ ढोका खुलेको भन्दै नेपालको आर्थिक एवम् सामाजिक विकासमा चीनले दिँदै आएको सहयोगलाई निरन्तरता दिने बताउनुभएको उपप्रधानमन्त्री महराले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “चीनका प्रधानमन्त्री लीले आगामी दिनमा नेपाल र चीनकाबीचको आपसी सम्बन्धलाई नयाँ उचाइँमा पु¥याउन चाहेको बताउनुभयो ।” प्रधानमन्त्री लीसँगको भेटमा उपप्रधानमन्त्री महराले नेपालको पछिल्लो राजनीतिक अवस्था र प्रम दाहालको सन्देश सुनाउनुभएको उहाँले सञ्चारकर्मीलाई बताउनुभयो ।

तपाईको प्रतिक्रिया