Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

लहान –आफ्नै श्रीमान्ले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा आज यहाँ एक महिलाको मृत्यु भएको छ ।

घरायसी विवाद हुँदा रिसको झोकमा सिरहाको लहान नगरपालिका – ६ निवासी विशेश्वरप्रसाद साहले श्रीमती बबिताकुमारी साहलाई लोहोरोले प्रहार गर्दा बबिताको मृत्यु भएको हो ।
beating-wife

लोहोरो प्रहारबाट घाइते भएकी साहलाई उपचारका लागि तत्काल लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा पुरियाइएको थियो । उपचारकै क्रममा बबिताको बिहान ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

लोहोरो प्रहार गर्ने बबिताका श्रीमान् ३८ वर्षीय विशेश्वरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया