Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

सिरहा – झोलुङ्गे पुलको डिलबाट खसेर एक युवकको ज्यान गएको छ । सिरहाको जानकीनगर–७ मा रहेको झोलङ्गे पुल तर्ने क्रममा पुलको छेउको डिलबाट खसेर घाइते भएका  तेनुवापट्टी–९ का ३५ वर्षे संगितकुमार सिंहको ज्यान गएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

पुलकाे डिलबाट खसेर घाइते भएका सिंहको स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गराई थप उपचारको लागि लहानतर्फ लैजाँदै गर्दा गएराति ज्यान गएको इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।
सिंहको शव पोष्ट पार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया