Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – अध्ययन, रोजगारी, व्यवसाय लगायत  बिभिन्न उद्देश्यले जापानमा रहेका आएका पाल्पालीहरु एक जुट भएका छन् । विहिवार शिनओकुबोमा भएको  एक भेलाले सल्लाहकार सहितको कार्यसमिति बनाएको छ l

पाल्पालीहरुको उक्त भेलाले संस्थाको नाम पाल्पा समाज जापान राखेका छन् ।

जापानमा रहेका पाल्पालीहरुलाई संगठित गर्दै भईपरि आउने समस्या सामूहिक रुपमा समाधान गर्न अग्रसर रहने साथै पाल्पाका समस्याहरुलाई पहिल्याउदै सहयोगी बन्ने उदेश्यले गठन गरिएको अध्यक्ष निरन्जन गैरेले जानकारी दिएका छन् ।

जापानमा रहेका पाल्पालीहरु जोड्दै समाजलाई भलो हुने क्रियाकलाप अघि बढाउने निष्कर्ष समेत निकालेका छन् । Palpa
गैरेको नेतृत्वमा समाजको उपाध्यक्षमा भरत ज्ञावाली, महासचिवमा राजन गैरे, कोषाध्यक्ष भोजराज न्यौपाने ‘सुमन’ र सचिवमा सुभास बस्याल रहेका छन् भने संरक्षकमा युवराज गैरे रहेका छन् ।

सल्लाहकारहरुमा मेघराज नेपाल, तोयनाथ पोख्रेल, जोन छन्त्याल, राजु गौचन र प्रकाश तिमिल्सिना रहेका छन् ।

त्यस्तै गरि सदस्यहरु टिकाराम गैरे, ठाकुर बस्याल, बालकृष्ण अर्याल, प्रेमराज न्यौपाने, श्रवणकुमार न्यौपाने, बसन्त पौड्याल, गुरु बस्याल, सुरेन्द्र गैरे, सुदर्शन मुडभरी, विष्णु पाण्डे, नबिन न्यौपाने, चुडा रायमाझी, बिजन कोइराला, लक्ष्मण न्यौपाने, दुर्गा प्रसाद न्यौपाने, देवराज न्यौपाने, सुदिप सुवेदी, ज्ञानबहादुर मगर, कल्पना न्यौपाने, इन्दिरा क्षेत्री, मधुसुदन अर्याल, सुस्मिता मुडभरी, अंकित सारु मगर, अमृत राक्से, सिता बस्याल, अभिनाश गौतम, सञ्जीव राना, एमएस ठकुरी, सुमनसिंह ठकुरी, पदम सिग्देन, मदन थापा, सुवास घिमिरे, मोहन बस्याल, अनिसा ठकुरी, नारायण बङ्सी, बिकास गैरे, राधिका गैरे, महेश गैरे, राधिका भट्टराई, हरी पाण्डे र शान्ति न्यौपाने रहेका छन् ।***

तपाईको प्रतिक्रिया