Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारी निर्णयको स्वागत गर्दै वार्ताका लागि वातावरण बन्दै गएको प्रतिक्रिया दिएको छ ।

‘पूर्वसर्त कार्यान्वयनको सुरुवात राम्रो छ, अब बाँकी काम चाँडै होओस,’ सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भन्नुभयो, ‘त्यसपछि राजनीतिक मुद्दाहरूमा वार्ता सुरु हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ । उहाँले सहिद सूचीमा समावेश नामबारे फेरि एक पटक सरकारी पक्षसँग छलफल हुन सक्ने संकेत पनि गर्नुभयो । मोर्चाले केही दिनअघि सुरक्षाकर्मी र प्रदर्शनकारी गरी ६८ मृतकको नामावली गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको थियो । यसअघि केपी ओली नेतृत्वको सरकारले आन्दोलनका मृतकलाई १० लाख दिने निर्णय गरेको थियो । Morcha

तीमध्ये कतिपयले पूर्ण, कतिपयले आधा रकम पाएको हुँदा फेरि वार्ताको पूर्वसर्तमा उल्लेख गर्नुपरेको मोर्चाले जनाएको छ ।तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले मन्त्रिपरिषद् निर्णयले काँग्रेस–माओवादी र मोर्चाबीच भएको तीनबुँदे सहमतिको दोस्रो बुँदा कार्यान्वयन भएको बताउनुभयो । सहिद सूची एकपल्ट मोर्चाले भेरिफाई गर्ने भन्दै उनले तीनबुँदे सहमतिको पहिलो बुँदामा संवाद प्रवेश गर्नुपर्ने बताउनुभयो । संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले बिहीबार मन्त्रिपरिषद्ले वार्ताका लागि वातावरण निर्माण गर्ने काम गरेको प्रतिक्रिया दिनुभयो ।

साउन १९ गते कांग्रेस, माओवादी र मोर्चाबीच भएको तीनबुँदे सहमतीमा आन्दोलनका मृतकलाई सहिद घोषणा, आन्दोलनमा भएका हिंसा अध्ययन गर्न न्यायिक छानबिन आयोग गठनलगायत विषयमा साझा प्रतिबद्धता जनाइएको थियो । सहमतिको पहिलो बुँदामा ‘मोर्चा र गठबन्धनले नेपाल सरकारसमक्ष प्रस्तुत गरेका मागहरूमध्ये संविधानसँग सम्बन्धित रहेका विषयहरूमा सहमतिका आधारमा सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने’ उल्लेख छ ।

मोर्चाले पहिलो बुँदामा वार्ता केन्द्रित हुनुपर्ने माग गरेको छ ।

तपाईको प्रतिक्रिया