Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं  – राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा बिहीबार राखी बाँध्नुभएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौंका निर्देशक ब्रह्माकुमारी राज दिदीले वैदिक परम्पराअनुसार राष्ट्रपति भवन, शीतलनिवासमा सम्पूर्ण नेपालीको सुख, शान्ति र समग्र विश्वशान्तिको कामनासहित पवित्रताको सूचक ‘राखी’ बाँधिदिनुभएको हो ।

यसैगरी पण्डित खेमचन्द्र ढकालले पनि सम्पूर्ण नेपालीको दीर्घायु र ऐश्वर्यको कामनासहित राष्ट्रपतिलाई रक्षावन्धन गर्नुभएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया