Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

म्याग्दी – म्याग्दीको गुर्जामा चट्याङ लागेर ७२ भेंडा मरेका र दुई कृषक घाइते भएका छन् । स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा सात कृषकको ७२ वटा भेंडा मरेका र गोठमा रहेका इन्द्रबहादुर छन्त्याल र नरे विक सामान्य घाइते भएका गुर्जा गाविसका सामाजिक परिचालक झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

chatyang

बिहान मात्र होस खुलेका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त छन् । घाइतेद्वय छन्त्याल र विकका साथै भवीर विक, खिमसर विक, दुर्ग विक, विनय विक र प्रेमप्रसाद छन्त्यालका भेंडा मरेका थिए ।

रातको समयमा भेंडा राखेको खर्कमा चट्याङ परेको थियो । त्यस स्थानमा संयुक्त भेंडागोठ थियो । अन्य घाइते भेंडा अझै अलपत्र अवस्थामा रहेकाले मर्नेको संख्या बढ्न सक्ने सामाजिक परिचालक छन्त्यालले बताउनुभयो ।

ती भेंडा मरेर १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । जिल्ला पशुसेवा कार्यालयका प्रमुख दयाराम चापागाईंले क्षतिको विवरण संकलन गरी कृषकलाई राहतको व्यवस्था मिलाउन पहल गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया