Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – सरकारले मधेस आन्दोलनमा भएको भौतिक क्षतिको अध्ययन तथा छानबिन गर्न सर्वोच्च अदालनका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजत्वमा आयोग गठन गर्ने निर्णय गरेको छ ।

mantriparisad

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लालको संयोजकत्वमा सात सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगका अरु सदस्यपछि तोकिनेछ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री चुनिने बेला कांग्रेस, माओवादी र मधेस केन्द्रित दलबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले आयोग गठन गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद बैठकले मधेस आन्दोलदनका क्रममा मारिएका ११ जना सुरक्षाकर्मी र ४१ जना आन्दोलनकारीका परिवारलाई जनही १०÷१० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । यसअघि पनि सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

बैठकले काबुलमा आतंककारी हमलामा परी ज्यान गएकाको शव ल्याउन लागेको ९१ लाख रुपैयाँ खर्च नेपाल वायुसेवा निगमलाई भुक्तानी दिने निर्णय पनि गरेको छ । मृतकको शव ल्याउन अघिल्लो सरकारले विमान चार्टर गरेर पठाएको थियो । त्यस्तै मन्त्रिपरिषद् बैठकले स्थानीय तहको चुनाव गराउन आवश्यक पर्ने कानुन निर्माण गर्न सैद्धान्तिक सहमति दिएको छ ।

तपाईको प्रतिक्रिया