Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – बिगत लामो समय देखि क्यान्सर रोग संग लडिरहेका बैतडीका खेमराज भट्टको उपचारको लागि चितवन समाज जापानले आर्थिक सहयोग गरेको छ । ४२ वर्षीय भट्टको टोकियो स्थित नेशनल क्यान्सर सेन्टर हस्पिटलमा उपचार भैरहेको छ ।

sahayog

रोजगारीको शिलशिलामा कुक भिषामा जापान आएका भट्टको उपचारको लागि जापान स्थित विभिन्न संघ सस्थाले आर्थिक सहयोग जुटाउदै उपचार भैरहेको छ । सोहि क्रममा चितवन समाज जापानले सस्थाको तर्फबाट उपचार सहयोग स्वरुप तिस हजार येन हस्पिटलमै पुगी सस्थाका पदाधिकारीहरुले हस्तान्तरण गरेका हुन् ।

समाजका महासचिब छबिलाल सापकोटा, कोषाध्यक्ष राजन कुमार श्रेष्ठ सहित चितवनबासीहरु टंक गैरे, इश्वरी कंडेल र सेवा रेष्टुरेन्टका इश्वरी कंडेलको टोलि अस्पतालमा पुगी बिरामीलाई नगद रकम हस्तान्तरण गरेका हुन् ।

भेटका क्रममा उपचाररत भट्टले आफ्नो स्वास्थमा क्रमिक सुधार भैरहेको बताउदै पूर्णरुपमा सन्चो हुन कति समय लाग्छ र कति खर्च लाग्छ भन्न नसकिने भएकोले जापानबासी नेपाली समुदायले गर्दै आउनु भएको सहयोग प्रति आभार ब्यक्त गर्दै थप सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।

आफ्नो उपचारमा जापानबासी नेपाली समुदायले गरेको सहयोगनै रोग संग लड्ने शक्तिको रुपमा रहेको बताउदै यो सहयोगले पनि थप शक्ति थपेको भन्दै चितवन समाज जापानलाई सहयोगको लागि धन्यवाद ब्यक्त गरेका थिए ।

जापानमा क्रियाशील चितवन समाज जापानले जापानमा बसोबास गर्ने हरेक नेपालीहरुको दुःख सुखमा हातेमालो गर्दै सामाजिक कार्यमा क्रियाशील हुदै आएको छ ।

तपाईको प्रतिक्रिया