Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधी आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । bimlendra-nidhi

निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरुसँग वार्ता गर्ने कार्यक्रम रहेको छ । मन्त्री निधीले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग पनि भेटघाट गर्ने बुझिएको छ ।

नयाँ सरकार भारतसँग राम्रो सम्बन्ध चाहन्छ, मधेसी दलको माग सम्बोधन गर्न तयार छ भन्ने सन्देश प्रवाह गर्नुका साथै प्रधानमन्त्री दाहालको भारत भ्रमण तय गर्नु मन्त्री निधीको भ्रमणको उद्देश्य रहेको छ ।

त्यसै गरी भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तथा नेपालका राष्ट्रपतिको भारतको भ्रमणको विषयमा पनि यस पटक छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया