Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

बागलुङ – नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकारलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक सञ्चार माध्यमले नदिए महासङ्घ आन्दोलनमा जाने बताउनुभएको छ ।

ढोरपाटन राष्ट्रिय दैनिकको १३ औं वार्षिकोत्सवका अवसर आज बागलुªमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “न्यूनतम पारिश्रमिक नदिइए महासङ्घ आन्दोलनमा जान्छ, त्यसको लागि तपाइँहरू तयार रहनुस् ।”

श्रमजीवी पत्रकार ऐन बनेको २२ वर्ष पुग्दासम्म पनि ऐन कार्यान्वयन हुन नसकेको बताउँदै अध्यक्ष विष्टले प्रश्न गर्नुभयो – “पारिश्रमिक नदिई काम मात्र लगाउन किन सञ्चारमाध्यम खोलेको ? ”

अध्यक्ष विष्टले कुनैपनि हालतमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाडिने प्रतिबद्धता व्यक्त गर्दै सक्षम सञ्चार माध्यमसमेतले न्यूनतम पारिश्रमिक लागू गर्न आनाकानी गर्नु बिडम्वनापूर्ण भएको तर्क गर्नुभयो । सोही अवसरमा साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा पूर्व शिक्षामन्त्री दिनानाथ शर्मालाई अध्यक्ष डा विष्ट र ढोरपाटन दैनिककी अध्यक्ष कृष्णमैया अधिकारीले संयुक्तरुपमा दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । त्यसैगरी ‘टिका–विद्या पत्रकारिता पुरस्कार’ एभिन्यूज टेलिभिजनका बागलुङ सम्वाददाता राजेशचन्द्र राजभण्डारी र नागरिक दैनिककी पत्रकार भाषा शर्मालाई संयुक्तरुपमा प्रदान गरियो । पुरस्कारको राशि रु १० हजार १११ र सम्मानपत्र रहेको छ ।

सो अवसरमा बाहिरी सञ्चार माध्यममा रहेर पनि ढोरपाटनलाई सहयोग पु¥याउने गलकोटका पत्रकार बालकृष्ण सुवेदी रु पाँच हजारको पुरस्कारसहित सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया