Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

FNJ 3टोकियो – जापानका लागि कार्यबाहक नेपाली राजदूत कृष्णचन्द्र अर्याल र जापानमा क्रियाशील नेपाली पत्रकारहरु बीच बुधबार अपरान्ह भेटघाट तथा समसामयिक बिषयमा छलफल भएको छ ।

हालैमात्र आफ्नो जिम्मेवारी सम्हाल्न जापान आईपुग्नुभएका कार्यबाहक राजदूत अर्यालले जापानमा क्रियाशील पत्रकारहरुलाई दूतावासमै निमन्त्रणा गरी भेटघाट तथा छलफल कार्यक्रमको तय गर्नुभएको हो ।

नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्लको नेतृत्वमा दूतावास गएको पत्रकारहरुको टोलीसंग कुरा गर्दै कार्यबाहक राजदूत अर्यालले दूतावासद्वारा प्रदान गरिने सेवा प्रवाहमा कुनै कमी हुन नदिईने र सेवाग्राहीको सुबिधालाई अधिकतम ध्यानमा राखिने बताउनुभयो । उहाँले जापानको नेपाली कम्युनिटीसंग सहकार्य गर्दै यहाँका नेपालीहरुका विविध समस्याहरुलाई न्यूनिकरण गर्न आवश्यक पहलहरु गरिने बताउनुभयो । उहाँले जापानमा रहेको नेपाली समुदायबीचको पारस्परिक सहयोग, एकता, सौहाद्रता एवं मेलमिलाप देखेर आफु अत्यन्तै प्रभावित भएको बताउनुभयो ।

भेटघाटका अवसरमा उहाँले जापानमा पनि दूतावासको आफ्नै भवनको आवश्यकता महशुश गरिएको र यसका लागि संभाब्यता अध्ययन गरी आवश्यक पहल गरिने बताउँदै यस कार्यमा यहां रहेको नेपाली समुदायबाट पनि आवश्यक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

भेटका अवसरमा महासंघका अध्यक्ष मल्लले दूतावासको हामेपेजलाई समयानुकुल अपडेट गर्न आवश्यक रहेको, महत्वपूर्ण सूचना आदानप्रदानमा दूतावास थप मिडियामैत्री बन्न आवश्यक रहेको, यहाँका नेपालीहरुका विविध समस्यालाई सम्बोधन गर्न दूतावास र महासंघको संयुक्त प्रयासमा सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्न आवश्यक देखिएको, सार्बजनिक कार्यक्रमहरुमा दूतावासको सहभागिता र उपस्थितिलाई ब्यवस्थित गर्न आवश्यक देखिएको जस्ता धारणा राख्नुभएको थियो ।

दूतावास पुगेको टोलीमा पूर्ण चलाउने, प्रेमिला गौचन, रविन्द्र श्रेष्ठ, उत्तम गौडेल, राजन गौतम, संगिता कुँवर लगायतका पत्रकारहरुको सहभागिता थियो ।  सो अवसरमा दूतावासका द्वितीय सचिव टोपनारायण गिरी र सहचारी रेबन्त केसीको पनि सहभागिता रहेको थियो ।***

तपाईको प्रतिक्रिया