Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – सांसदहरुले काभ्रेको बिर्तादेउरालीमा साउन ३१ गते बस दुर्घटनामा घाइते भएकाहरुको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको संसद बैठकमा सांसदले घाइतेको सरकारले निःशुल्क उपाचार गर्ने बताए पनि त्यसअनुसार काम नभएको भन्दै तत्काल आवश्यक व्यवस्था गर्न माग गरेका हुन् ।

kavre

काभ्रेका सांसदहरु तीर्थबहादुर लामा, विदुर सापकोटा, कमला दोङ लगायतले घाइतको उपचारका लागि आवश्यक व्यवस्था गर्न माग गरेका हुन् । घटना लगत्तै घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले घाइतको निःशुल्क उपाचार सरकारले गर्ने बताउनुभएको थियो ।

सांसद लामाले दुर्घटना कम गर्न सडकको दुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै अर्का सांसद विदुर सापकोटले घटनाप्रति समवेदना दिएर मात्र नहुने भन्दै देशैभरका सडक अवस्था सुधारका लागि सरकारले नयाँ योजना ल्याउनुपर्ने उल्लेख गर्नुभयो । घाइतेको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनामा २७ जनाको ज्यान गएको छ भने ३९ जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया