Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रमेश लेखकले मुलुकमा पछिल्लो समय सडक दुर्घटनाका घटना बढेपछि सरोकारवाला पक्षलाई आज मन्त्रालयमा बोलाएर त्यस विषयमा गम्भीर चासो व्यक्त गर्नुभएको छ ।

सो अवसरमा उहाँले  काभ्रेमा सोमबार भएको सडक दुर्घटनालाई गम्भीर र सम्बेदनशील घटनाको रुपमा लिएर यातायातसम्बन्धी कानुनलाई कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायका पदाधिकारीलाई निर्देशन दिनुभयो । सो छलफलमा मन्त्रालयका सचिव, विभागीय प्रमुख, यातायात व्यवसायी, सडक विभाग, नेपाल प्रहरी र उपत्यका ट्राफिक कार्यालयका उच्च पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

त्यस अवसरमा मन्त्री लेखकले भन्नुभयो– ‘‘सडक दुर्घटना ज्यादै बढेको छ । यो अत्यन्त सम्बेदनशील कुरा हो । हिजो काभ्रेको बस दुर्घटनाका घाइते भेट्न अस्पताल गएकोमा त्योभन्दा पहिला ओखलढुङ्गामा भएको अर्काे दुर्घटनाका घाइते पो भेटिएको अवस्था छ ।’’ प्रहरी चालकलाई, चालक साहुलाई, साहु सडकलाई दोष दिएर अब कति उम्कन सकिन्छ भन्दै मन्त्री लेखकले दुर्घटनापछिको अनुसन्धानका प्रतिवेदन र कानुन कार्यान्वयन नहुनुको कारणका बारेमा खोजी हुनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँबाट काभ्रेको कातिके देउरालीका लागि सोमबार छुटेको यात्रुबाहक बस बिर्ता देउरालीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए । मन्त्री लेखक अस्पतालमा पुगेर दुर्घटनाका घाइतेसँग कुराकानी गरेपछि सरोकारवालासँग मन्त्रालयमा छलफल गर्नुभएको हो ।

काठमाडाैँको बसपार्कबाट १९ यात्रु लिएर हिँडेको उक्त बसमा बीच बाटोबाट भूकम्पबाट घर भत्किएका लागि उपलब्ध गराउने पैसा लिन हिँडेका व्यक्ति धेरै चढेका थिए । छलफलमा दिएको सूचनाअनुसार उक्त बसका चालकको चालक अनुमतिपत्र नक्कली भएको फेला परेको छ ।

काभ्रे दुर्घटनाका बस चालकले प्रयोग गरेको अनुमति पत्रको नम्बर यातायात व्यवस्था कार्यालयबाट अर्कैको नाममा जारी भएको रेकर्डबाट फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाइएको छ । पानी परेको समय, कच्ची उकालो भिरको बाटो भए पनि क्षमताभन्दा तीन दोब्बर भारबहन र चालकको लापर्बाहीकै काभ्रेको दुर्घटना निम्तिएको सरोकारवालको निष्कर्ष रहेको छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष सरोज सिटौलाले घाइतेको तत्कालै उपचारको लागि महासङ्घका तर्फबाट हरसम्भव प्रयास गरेको जानकारी दिनुभयो । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश अर्यालले कानुनको पालनामा चालक र यात्रुले बेवास्ता गर्दा यस्ता दुःखद् दुर्घटना हुने गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया