Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले देशमा रहेका सबै भाषाभाषीको सम्बद्र्धन गर्दै बृहत् नेपाली पहिचान स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

पहिलो लिम्बू भाषाको चलचित्र पुरस्कार ‘एफएलएफ अवार्ड’ कार्यक्रममा आज उहाँले भन्नुभयो, “लिम्बू भाषासँगै नेपालका सबै भाषा–संस्कृतिलाई सम्बद्र्धन गर्नुपर्छ र एक दिन यस्तो ठाउँमा पुग्नुपर्छ, ता कि हाम्रो परिचय नेपाली होस् र हाम्रो जाति पनि नेपाली मात्र बनोस् ।”

फाल्गुनन्द लिङ्देन प्रालिले आयोजना गरेको उक्त कार्यक्रममा मन्त्री कार्कीले विगतमा हेपिएर रहेका भाषा–संस्कृतिलाई विशेष सुविधा दिएर मूलधारमा ल्याउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “यसका लागि म सक्दो सहयोग गर्न तयार छु ।”

कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले नयाँ लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले सबै भाषा, धर्म, संस्कृतिलाई मुलधारमा ल्याउने प्रयास गरिरहेको बताउनुभयो ।

अवार्ड कार्यक्रम निर्देशक दिनेश लिङ्देनले लिम्बूसँगै अन्य भाषा संस्कृतिको संरक्षण गर्न आफूहरुले पुरस्कारको थालनी गरेको बताउँदै यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

नेपालमै पहिलोपटक भएको उक्त लिम्बू चलचित्र अवार्डमा लिम्बू भाषामा बनेका चलचित्र र म्युजिक भिडियो विधाका करिब २७ उपविधामा पुरस्कार दिइएको थियो ।Ram Karki

तपाईको प्रतिक्रिया