Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – चीन भ्रमणमा रहनु भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आज चिनियाँ विदेशमन्त्री याङ यीसँग भेटवार्ता गर्नु हुने भएको छ ।
भेटवार्तमा दुई पक्षीय हीतका विषयमा छलफल हुने बताइएको छ । उपप्रधानमन्त्री महराले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटको प्रयास गर्ने बताइएको छ । नेपालस्थित चिनियाँ राजदूत वु चन्याईले एकजना उच्चस्तरीय नेतासँग भेटवार्तका लागि कोसिस भइरहेको जानकारी महरालाई दिएका थिए । महराले चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ली खछियाङलाई नेपाल भ्रमणको निम्ता गर्नु हुनेछ । गत साता बसेको मन्त्रिपरिषद बैठकले दुई छिमेकी चीन र भारतमा सम्बन्ध मजबुद बनाउन विशेष दूत पठाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया