Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

nrn

लिस्बन – गैह्रआबासीय नेपाली संघ पोर्चुगलले पोर्चुगलमा राजदुतावास स्थापना गर्नको लागि विगत लामो समयदेखि पहल गर्दै आएकोमा अब एनआरएन केन्द्रले नै यसको लागि पहल कदमी चाल्ने भएको छ ।
एनआरएन युरोप सम्मेलनमा बिशेष रुपमा यस सम्बन्धमा छलफल भएको भन्दै एनआरएन पोर्चुगलका अध्यक्ष भीम कमल केसीले यूरोपको अन्य मुलुक भन्दा पोर्चुगललाई पहिलो प्राथमिकतामा राखि एनआरएन केन्द्रले नै राजदुतावास स्थापनाका लागि पहल गर्ने गरि छलफल भएको जानकारी गराउनु भयो । राजदुतावास स्थापनासँग पोर्चुगलवासी नेपालीहरुको भोग्दै आएका विभिन्न समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
भर्खरै सम्पन्न एनआरएन पोर्चुगलको नियमित बैठकले पोर्चुगलमा दिन प्रतिदिन नेपालीहरुको बढ्दो जनसंख्यासंगै एक आपसमा बढ्दो विवाद तथा झैँझगडाका विषयहरु मिलान तथा सुनुवाइको निम्ति उपाध्यक्ष राजन शेरचनको संयोजकत्वमा धुब्र सापकोटा, मुक्ति नारायण श्रेष्ठ, गीता राना र रामहरी घिमिरे सदस्य रहेको एक उपसमिति बनाई जिम्मेबारी सुमेपेको छ । त्यसैगरी हालको विधानमा केही कमजोरी तथा अप्ठेराहरु रहेकोले बिधान संसोधन सुझाबको लागि उपाध्यक्ष सुनिल संगमको संयोजकत्वमा सचिव कृष्ण कडेल र कोषाध्यक्ष रुपक श्रेष्ठ सम्मेलित बिधान संसोधन सुझाब उपसमिति समेत गठन गरिएको छ । एनआरएन पोर्चुगलको बार्षिक साधारणसभा आगामी १८ सेप्टेम्बर २०१६ मा गर्ने समेत संघले जनाएको छ ।
त्यस्तै, एनआरएन पोर्चुगलको समन्वयनमा आगाखान फाउन्डेशनद्वारा संचालित युवाहरुको लागि सृजनशील फोटोग्राफी तालिमको लागि ५ जना युबाहरु तालिमको अन्तिम छनौट भएका छन् भने हालसालै पोर्चुगलको मदेरामा भएको भीषण आगोलागी र त्यसबाट भएको क्षेती प्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल पिडितहरुको राहतको निम्ति एनआरएन पोर्चुगलको अगुवाइमा खाद्यान्न उपलब्ध गराउने बताइएको छ ।

तपाईको प्रतिक्रिया