Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – पोखरेली दिदी बहिनी समूहको तीज कार्यक्रम शनिवार टोकियोमा सम्पन्न भएको छ । तीज आउन करिव बिस दिन जति भए पनि उक्त कार्यक्रमको सुरुवातसंगै जापानमा तीजको रौनक सुरुभएको छ ।
सँस्थाकी कार्यबाहक अध्यक्ष भीमकुमारी गुरुङको अध्यक्षतामा भएको सो तीज कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली सँस्कृतिप्रेमी युको ओकामातो मल्लले पोखरेली दिदीबहिनीहरुको संस्थालाई लक्षमा पुग्नका लागि सफलता मिलोस् भन्ने कामना गर्नुभयो ।
Po 4यसैगरी संस्थाकी महासचिव अञ्जु भण्डारीले मनोरञ्जन संगै दिदी बहिनीहरु एकै ठाउँमा भेला भई सुखदुख बाँड्ने र परोपकारी कार्य गर्ने उद्देश्यले पहिलो पटक आयोजना गरिएको तीज कार्यक्रममा दिदी बहिनीहरुको उत्साहजनक उपस्थितिले हौसला मिलेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कला सँस्कृतिलाई जापानी समुदायमा चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आउनुभएकी जापानी नागरिक युको ओकामोतो मल्ल, मिडिया पार्टनर मेरो सञ्चार डट कमका प्रकाशक/सम्पादक राजन गौतम, कार्यक्रम सञ्चालिका संगिता कुँवर र कार्यक्रमका प्रायोजक तथा डिजे जोन छन्त्याललाई मायाको चिनो प्रदान गरिएको थियो ।

पोखरेली दिदीबहिनी समुहद्वारा आयोजित उक्त कार्यक्रमनै यो वर्षको जापानको पहिलो तीज कार्यक्रम हो । यसपछि बिभिन्न संघसंस्थाहरुद्वारा आयोजित थुप्रै कार्यक्रमहरु जापानमा लाइनबद्ध छन् । कतिपय तीज कार्यक्रमका लागि नेपालका चर्चित कलाकारहरु आमन्त्रित छन् ।

जापान जस्तो ब्यस्त मुलुकमा रहेर पनि केही वर्ष यता यहाँका नेपाली महिलाहरु नेपालमा जस्तै महिनौसम्म तीज मनाउने चलन सुरु भएको छ । चार्डपर्वको नाममा अस्वभाविक देखासिकी र भडि्कलो प्रचलनलाई बढावा दिन नहुनेतर्फ यहाँका महिला अगुवाहरुको ध्यान जानुपर्ने आवाज उठ्न थालेका छन् ।***

तपाईको प्रतिक्रिया