Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

lxGb" wdf{anDaL gf/Lx?n] cfh ;fpg dlxgfsf] klxnf] ;f]daf/ kz'kltgfysf] k"hf cf/fwgfkl5 gfrufgdf /dfpFb} . ;fpg dlxgfdf eujfg lzjsf] k"hfcfhf ubf{ dgf]sfIff k"/f x'g] ljZjf; ul/G5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौ – साउन महिनाको अन्तिम सोमबार आज बिहान ३ बजेदेखि पशुपतिमा भक्तजनको भीड लागेको छ ।
साउनको सोमबार बिहान ३ बजेदेखि पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउनको सोमबार भए पनि आज पशुपतिमा तीज र महाशिवरात्रिमा जत्तिकै भीड देखिएको कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले राससलाई बताउनुभयो । “दर्शन गर्नेको पङ्क्ति गौरीघाट, मित्रपार्क, जयबागेश्वरी, पिङ्गलास्थान र सिनामङ्गलसम्म फैलिएको छ, दर्शनार्थीलाई प्रवेशका लागि पशुपतिका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारै ढोका खोलिएको छ, जुन ढोकाबाट प्रवेश ग¥यो, त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ” – उहाँले भन्नुभयो ।
बिहान ९ः३० देखि ११ बजेसम्म पशुपतिको पूर्व ढोकामा विशेष पूजा हुने भएकाले पङ्क्तिमा धेरैबेर प्रतीक्षा गर्नुपरे पनि ११ बजेपछि कुर्नु नपर्ने कोषका निर्देशक भरत मरासिनीले जानकारी दिनुभयो । अन्तिम सोमबार आज बेलुकी ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पशुपति दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ । भक्तजनको बिहानैदेखि भीड र बेलुकी राष्ट्रपतिको दर्शन भएकाले पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

तपाईको प्रतिक्रिया