Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

Wami Logo Ok

टोकियो – महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर वामी सेवा समितिले विशेष दर खाने कार्यक्रमको आयोजना गरेको छ ।
यही सेप्टेम्बर ४ तारिखका दिन सिनओकुवो स्थित टोकियो रोधी क्लबमा विशेष सांगीतिक कार्यक्रमका साथ दर खाने कार्यक्रमको आयोजना गरिएको समितिका सचिव गोकुल खत्रीले जानकारी गराउनु भयो । नेपाली कला संस्कृतिको जगेर्ना गर्ने र देश-विदेशमा यसको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको सचिव खत्रीको भनाइ छ । उहाँले सो दिन ख्याति प्राप्त कलाकारहरुको बेजोड सांगीतिक कार्यक्रम समेत राखिएको जानकारी गराउनु भयो । समितिले सो दिन सम्पूर्ण वामेली चेलीबेटी, भान्जा-भान्जी, ज्वाइ-चेलाहरूलाई कार्यक्रममा उपस्थित भइदिन हार्दिक अनुरोध गरेको छ । काईक्रम दिउँसो ठीक १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । वामी सेवा समितिले हरेक वर्ष यस किसिमको कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया