Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

ramechhap samaj

टोकियो – रामेछापबाट विभिन्न पेशा ,व्वसाय ,अध्ययनको सिलसिलामा जापान आई बसेका रामेछापबासीहरुको एक भेलाले रामेछाप समाज जापानको प्रथम अधिवेशन गर्ने निर्णय गरेको छ ।
आईतवार रामेछापेलीहरुबीचको भेलाबाट टोकियोमा अगष्ट २८ तारिख समाजको प्रथम अधिवेशन गर्ने निर्णय गरेको समाजका अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिनुभयो । डिनरसहितको सो रामेछापेली कार्यक्रमले रामेछापको विकासमा सकिने सहयोग गर्ने र जापानमा रामेछापेलीहरु संगठित गर्दै लैजाने समृत छलफल भएको छ । सो भेलामा विभिन्न संघसंस्थामा आबद्ध रामेछापका अग्रजहरुको समेत सहभागि रहेको थियो ।
रामेछाप समाज जापानको प्रथम अधिवेशनमा सहभागी हुन आयोजकले सबै रामेछापेली जापानबासीलाई अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया