Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

sanchar mantri

काठमाडौँ – नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक र सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले आज पदभार सम्भाल्नुभएको छ ।

विस. २०१३ असोज २९ गते ओखलढुङ्गाको रूम्जाटार गाविसमा जन्मनुभएका मन्त्री कार्कीले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच पदभार ग्रहण गर्नुभएको हो । सो अवसरमा मन्त्रालयका सचिव, कर्मचारी र मातहतका विभागीय अध्यक्ष तथा महानिर्देशकहरूले मन्त्रीलाई स्वागत गर्नुभएको थियो ।

पदभार ग्रहणपछि मन्त्री कार्कीले आफू जुनसुकै पार्टीबाट आएपनि कुनै प्रकारको पूर्वाग्रह नराखी नेपाल र नेपाली जनताप्रति प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

gjlgo'Qm sfg'g, Gofo tyf ;+;bLo dfldnf dGqL chozªs/ gfos cfkmgf] kbef/ u|x0fkl5 dGqfnosf sd{rf/Lx?nfO{ lgb]{zg lbg'x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

यता नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले  राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण गरी मन्त्रालयमा आएर पदभार सम्हालेपछि कर्मचारीलाई निर्देशन दिँदै संविधान कार्यान्वयन, सङ्क्रमणकालीन न्यायको व्यवस्था, सेवा प्रवाह, आर्थिक समृद्धि र पुनःनिर्माणका क्षेत्रमा कानुन निर्माण हुन आवश्यक भएको बताउनुभयो ।

न्यायपालिकामा समावेशीता सुनिश्चितता हुनेगरी कार्यअघि बढाउन पनि मन्त्री नायकले जोड दिनुभएको थियो ।

सिराहा क्षेत्र नं ५ बाट नेकपा (माओवादी केन्द्र)का तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्नुभएका मन्त्री नायकको जन्म २०३४ भदौ ७ मा भएको थियो । उहाँले स्नातकसम्मको अध्ययन गर्नुभएको मन्त्रलयका प्रवक्ता डिल्लीराज घिमिरेले जानकारी दिनुभयो ।

 

 

 

तपाईको प्रतिक्रिया