Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – छोराको हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै अनसनरत गोर्खा फुजेलकी गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बसेका मानवअधिकारकर्मीलाई प्रहरीले पक्रेको छ । अधिकारकर्मीले गंगामाया बचाऔं अभियान सुरु गर्दै आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार धर्ना दिएका थिए ।

छ वर्षदेखि अनशनरत गंगामायाले गत बिहीबारदेखि स्लाइन र पानी समेत त्यागेर आमरण अनसन सुरु गरेपछि मानवअधिकारकर्मीले उहाँको जीवन बचाउन भन्दै अभियान सुरु गरेका हुन् ।

पक्राउ पर्नेमा चरण प्रसाईँ, इन्द्र अर्याल, सुमन अधिकारी, कृष्ण अर्याल, शोभा महर्जन, सावित्री श्रेष्ठ, भोजराज चापागाईँ लगायत ११ जना हुनुहुन्छ । निषेधित क्षेत्रमा धर्ना बसेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तर मानवअधिकारकर्मीले भने आफूहरु निषेधित क्षेत्रमा नबसेको र शान्तिपूर्ण धर्नामा बसेका बेला प्रहरीले पक्राउ गरेको आरोप लगाउनुभयो ।

माओवादी द्वन्द्वका क्रममा चितवनमा मारिएका आफ्ना छोरा कृष्णको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै गंगामाया र उहाँका श्रीमान नन्दप्रसादले आमरण अनसन थाल्नु भएको थियो । तर गंगामायाका श्रीमानको भने अनसनकै क्रममा ज्यान गइसकेको छ । नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमा वेवारिसे अवस्थामा छ ।

तपाईको प्रतिक्रिया