Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

न्युयोर्क – अमेरिकामा एक बंगलादेशी  नागरिक र उनका सहायक मारिएका छन् । अमेरिकाको न्युयोर्कमा उनीहरुको गोलि हानी हत्या भएको हो । ५५ वर्षका इमाम मौलामा दुई वर्ष अघि मात्रै बंगलादेशबाट न्युयोर्क गएका बिबिसीले जनाएको छ । उनीहरुलाई किन निशाना बनाइयो भन्ने बारे केही नखुलेको न्युयोर्क प्रहरीले जनाएको छ ।

1

इमाम र उहाँका सहायकलाई बन्दुकधारीले ओजोन पार्कमा गोली हानेका तर घटनामा संलग्न व्यक्ति भने पक्राउ नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्दुकधारीको खोजी भइरहेको छ । गोली चलाउनुको कारण पत्ता नलागेपनि इमाम मुस्लिम धर्मका भएकालेले घटना भएको हुन सक्ने आशंका गरिएको छ ।

ओजोन पार्कमा बंगलादेशबाट गएका मुस्लिम नागरिको बसोबास धेरै छ । उनीहरुले  घटनाको भत्सर्ना गरेका छन् ।

तपाईको प्रतिक्रिया