Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेपाली कांग्रेसको कार्यालय सानेपामा महाधिबेशनमा जुटेका विद्यार्थी र प्रहरीबिच झडप भएको छ ।

शनिबार राती सार्वजनिक भएको ३७ सय ६० प्रतिनिधिको नाममा झण्डै ३ सय नाम फर्जी परेको भन्दै अध्यक्षका उम्मेदवार मनोजमणी आचार्यको समूहले पार्टी कार्यालयमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको र त्यसक्रममा झडप भएको हो । झडपमा परेर आचार्य समूहका केहि विद्यार्थी घाइते पनि भएका छन् ।

शनिबार राति प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाए पनि फर्जी मतदाता थपेको आरोप लगाउँदै आचार्य समूहले यथास्थितिमा निर्वाचन हुन नसक्ने ताएको छ ।

संघको निर्वाचन गर्न नेपाली कांग्रेसले नेता प्रकाशशरण महतको संयोजकत्वमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेको निर्देशक समितिले ३७ सय ६० जना प्रतिनिधिको नाम सार्वजनिक गरेको थियो । आचार्यले ६४ जिल्लाको सूची पूर्ववत अवस्थामा नै राखेर निर्वाचन प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वसँग माग गर्नुभएको छ ।

समितिले आज बिहान ९ बजेदेखि मतदाता परिचयपत्र लगायत सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवनबट वितरण गर्ने तयारी गरेको थियो । समितिले निर्वाचन तालिका सार्वजनिक गरे पनि त्यो तालिका अनुसारका काम रोकिएका छन् ।

तपाईको प्रतिक्रिया