Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

टाकियो – बिभिन्न कामको सिलसिलामा न्यूजिल्याण्डमा रहेका म्याग्देलीहरु संगठित भएका छन ।

न्यूजिल्याण्डको टिपुकिमा प्रवासी म्याग्देलीहरुको एक भेलाले गमबहादुर छन्त्यालको संयोजकत्वमा ९ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यसमिति न्यूजिल्याण्ड गठन गरेको छ । मोना आइसीका कोषाध्यक्ष चक्रबहादुर थापाको बिशेष उपस्थितिमा समाजसेवी भूपेन्द्र बानियाँको अध्यक्षतामा बसेको उत्त भेलाले मोना न्युजिल्याण्ड गठन गरिएको हो ।

नवगठित मोना न्यूजिल्याण्डका कार्यसमितिमा संयोजकमा गमबहादुर छन्त्याल, सचिबमा सन्तोष थापा, कोषाध्यक्षमा सुनिता बज्राचार्य र सदस्यहरुमा दिनेश कार्की, कुमार छन्त्याल, बेलकुमारी पुन, कुमार खत्री, लक्ष्मी जिसी र युवा तथा बिद्यार्थी परिचालन संयोजकमा रिकेश शेरचन चयन हुनुभएको छ । त्यसै गरी सल्लाहकारहरुमा नारायण शेरचन, लालबहादुर केसी र लोकनाथ पौडेल मनोनित हुनुभएको छ ।

सोही कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ आइसीका सदस्य लेखनाथ पौडेल, नेप्लीज सोसाइटि पूर्व अध्यक्ष लालबहादुर केसी र नारायण शेरचनले म्याग्दीलाई समृद्ध बनाउन हरेक क्षेत्रमा लगानी भित्र्याउने गरी पहल गर्ने बताउँदै प्रवासी म्याग्दीहरु एकताबद्ध भएर जिल्लाको बिकासमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै संयोजक छन्त्यालले मोना आइसीसंग समन्वय गर्दै जिल्लाको आर्थिक र सामाजिक बिकासमा ऐक्यबद्धता जनाउन मोना गठन गरिएको बताउनुभयो । उहाँले सम्पूर्ण प्रवासीहरु मिलेर नै जिल्लाको बिकास सम्भब हुने बिश्वास ब्यक्त गर्दै निकट भविष्यमा न्युजिल्याण्डमामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई मोनामा गोलबन्द गर्ने बताउनुभयो । कार्यक्रमा मोना आइसी कोषाध्यक्ष चक्रबहादुर थापाले नव गठित समितिलाई शुभकामना दिनुहुँदै मोना न्युजिल्याण्डको गठन भएकोमा खुशी ब्यक्त गर्दै मोना न्यूजिल्याण्ड सशक्त र सक्रिय हुँदै जानेमा आइसी टिम विश्वस्त रहेको बताउनुभयो । उहाँले बिश्वका बिभिन्न देशबाट उत्साहजनक रुपमा बिभिन्न सामाजिक संस्था तथा ब्यक्तिहरु मोनामा आवद्ध र रुपान्तरित हुने कार्यले तिब्रता पाइरहेको र अब छिट्टै नै अमेरिका लगायत युरोप, एसिया, मध्यपूर्वका मुलुकमा समेत मोना गठन गरिने तयारीमा रहेको जानकारी गराउनुभयो ।

गत बर्ष म्याग्दीको बेनी बजारमा सम्पन प्रथम अधिबेशन पश्चात मोनाले बिभिन्न सामजिक कार्यका साथ जिल्लाको आर्थिक र सामाजिक पक्षमा उल्लेखनिय कार्य गर्दे मोनालाई बिश्वब्यापी सञ्जाल बिस्तारमा तिब्रता पाएको छ । जिल्लाको बहुआशातित परियोजना निःशुल्क वाईफाईलाई समेत मोनाले आर्थिक संकलनमा नेत्तृत्वदायी भूमिका खेली उच्च प्राथमिकताका साथ आर्थिक संकलन पनि गर्दै आईरहेको छ । ***

तपाईको प्रतिक्रिया