Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – नेपालले शनिबार आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेल खेल्दैछ । नेदरल्याण्ड्सको एम्स्टलभिनमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलका ६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा चार खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ ।

Nep-VS-Pak-1

नेपालका लागि शीर्ष स्थानको नेदरल्याण्ड्ससँगको खेल कठिन हुने देखिएको छ । यसअघि भएका पहिला चार खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भयो । तर काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।

अहिले नेदरल्याण्ड्ससँगको खेलका लागि उसकै मैदान पुगेको नेपाली टोलीका लागि नेदरल्याण्ड्सको टिम र मैदान दुवै चुनौतीको रुपमा छन् । गएको बिहीबार भएको अभ्यास खेलमा नेपाली टोली नेदरल्याण्ड्स एसँग ८८ रनमै अलआउट हुनुले पनि शनिबारको खेल कठिन हुने देखिएको छ । घरेलु मैदान र अघिल्ला चार खेल जितेको मनोबल नेदरल्याण्ड्सको टोलीको बलियो पक्ष हो । यस्तै नेदरल्याड्सको टोली आफैमा पनि बलियो छ ।

नेपाली टोलीले नेरल्याण्ड्स जानु अघि इंग्ल्याण्डमा तयारी गरेको छ । इंग्ल्याण्डमा रहँदा नेपाली टोलीले त्यहाँका स्थानीय टिमसँग पाँच वटा अभ्यास खेल खेलेको थियो र सबैमा जितेको थियो । यो जित र तयारीले नेपाली टोलीको मनोबल केही बलियो बनाएको छ । कप्तान पारस खड्काले नेदरल्याण्ड्स राम्रो टोली भएकाले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा राम्रो गर्नु पर्ने बताएका छन् । उनले आफूहरुले तयारी गरेको बताएका छन् ।

नेपाल र नेदरल्याण्ड्सबिच एक दिवसीय क्रिकेटमा पछिल्लो पटक गएको जनवरीमा नामिबियामा भएको थियो । विश्व क्रिकेट लिग डिभिजन दुईको खेलमा नेपालले दुई विकेटको जित दर्ता गरेको थियो । नेपालले नेदरल्याण्ड्ससँग दोस्रो खेल सोमबार खेल्नेछ ।

तपाईको प्रतिक्रिया