Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

टोकियो – गुरुङ अर्थात् तमु जातिहरुको सांस्कृतिक धरोहरको रुपमा रहेको रोंधी प्रथालाई बचाई राख्न हरेक बर्ष आयोजना गर्दै आई रहेको यस बर्षको २० औ रोंधी साँझ २०१६ कार्यक्रमको अन्तम तयारी पूरा भएको छ । तमुधीका अध्यक्ष श्री गुरुङका अनुसार आगामी अगस्त १४ तारिख आईतबार बेलुका ५ बेलुका देखि टोकियोको मेगुरो कुमिन सेन्टरको हलमा एक भव्य कार्यक्रम वीच आयोजना हुने भएको छ ।

IMG_3576

उक्त रोधी साँझमा अतिथि कलाकारहरुमा आधुनिक गजल गायक दिपु न्यौपाने, दोहोरी गायिका शान्ति सुनार, चिजा तामांग साथै स्थानीय कलाकारहरु अमर गुरुङ र टासी लामाको सुमधुर स्वरले दर्शकलाई मनोरञ्जन दिलाउने छन् । भने नेपसोल ब्याण्डले लाईभ प्रस्तुत गर्नेछन् ।

कोरियाग्राफी तथा संस्कृतिक संयोजक आरमान गुरुङको नेतृत्वमा अन्जु गुरुङ, ज्योति गुरुङ, कुमारी गुरुङ, प्रियंका चोखाल, रीना लिम्बु, सुमी गुरुङ, अम्बिका गुरुङ, कल्पना लामा, रिता गुरुङ, शुष्मा गुरुङ र समिर गुरुङले सालैजो, कौडा तथा लोक नृत्यहरु समाबेश गरि रोधीं प्रथा झल्कने किसिमले दर्शकहरुलाई भरिपुर्ण मनोरंजन दिलाउने सांस्कृतिक संयोजक अरमान गुरुङले बताउनुभयो ।

उक्त दिन उपस्थित भै मनोरंजन लिनुहुन जापानबासी नेपालीहरुमा अनुरोध समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया