Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

रोल्पा – सभामुख ओनसरी घर्तीले सबै दल मिलेर संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभएको छ । रोल्पाको लिबाङमा बिहीबार भएको कार्यक्रममा सभामुख घर्तीले यस्तो बताउनुभएको हो । नेपाली नागरिकको सार्वभौमिकता जस्ता कुरामा परिवर्तन हुन नसक्ने भन्दै सभामुख घर्तीले अन्य कुरामा संविधान संशोधनको ढोका खुला रहेको बताउनुभयो ।

Onsari Gharti

संविधानसभामा सहभागी भएका मात्र नभएर बाहिर रहेका दलको माग संविधान संशोधन मार्फत सम्बोधन गर्न सकिने भएकाले आगामी दिनमा सबै मिलेर संविधान कार्यान्वयनमा लाग्न उहाँले अनुरोध गर्नुभयो ।

सत्ता समिकरणको समयमा कुनै दल सत्तामा र कुनै प्रतिपक्षमा रहनु लोकतान्त्रिक अभ्यास भएको भन्दै राष्ट्रिय एजेण्डामा भने सबै दल एकै ठाउँमा रहने विश्वास व्यक्त गर्नुभयो । गृहजिल्ला रोल्पा आउनुभएकी सभामुख घर्ती बिहीबार काठमाडौं फर्कनुभएको छ ।

तपाईको प्रतिक्रिया