Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

बैतडी – छात्रामा अज्ञात रोग देखिएपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माध्यमिक विद्यालयमा आज बिहीबारदेखि पठनपाठन नै बन्द गरिएको छ । विद्यालयमा कक्षा ८, ९ र १० अध्ययनरत छात्रा दिनहुँ एकाएका बेहोस हुन थालेपछि विद्यालय नै बन्द गरिएको हो ।

School

विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठकले आगामी सोमबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको एक अभिभावक दिनेश सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘आज पनि एक्कासि १० जना छात्रा बेहोस भएका थिए ।’

विद्यालयमा आउने बित्तिकै छात्रा बेहोस हुने र त्यसपछि चिच्याउने गरेको बताइएको छ । मङ्गलबारदेखि लगातार छात्रामा देखिएको समस्याका कारण बिहीबारसम्म ३० भन्दा बढी छात्रा बिरामी भएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर सिंहले बताउनुभयो ।

बिरामी भएका छात्रा बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन् उहाँले भन्नुभयो ‘विद्यालयमा बिरामी भएका छात्रालाई अभिभावक बोलाएर उनीहरुको जिम्मा लगाइएको छ ।’

छात्रामा अनौठो रोग देखिएपछि विद्यालय नै बन्द गरिएको हो । यसरी छात्रा अनौठो रोगले बेहोस हुने समस्या देखिए पनि कारण भने पत्ता लाग्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया