Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

टोकियो – नेपाली काँग्रेसको जापानस्थित भ्रात्तृसंगठन नेपाली जनसम्पर्क समितिको छैठौ अधिबेशन नजिकिदैं गर्दा नेतृत्वका लागि होडबाजी सुरु भएको छ ।

यसैबीच नेतृत्वमा दावी गर्दै आएका युवराज अधिकारीले बर्तमान कार्यसमितिले विधान विपरित बलपूर्वक प्रतिनिधि छनौट गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

अधिकारीले एक बिज्ञप्ती जारी गर्दै विधानमा भएको व्यवस्थाअनुसार १५ दिन अगाडि नै प्रतिनिधीको नामावली प्रकाशित गरिसक्नुपर्नेमा आजसम्म पनि छलफल एवं प्रकाशित नगरी एकलौटी पारामा अधिवेशन गर्न खोजेको आरोप लगाउँदै आपत्ति जनाएका हुन् ।

अधिकारीद्वारा जारी बिज्ञप्तीमा भनिएको छ – ’कोठे राजनीति गरी ब्यक्ति बिशेषलाई नेतृत्वमा ल्याउन खोजिएको छ त्यसको म घोर बिरोध गर्दछु र विधानको भावना र मर्मअनुसार अधिवेशन र निर्वाचन गराईयोस् भनि जोडदार माग गर्दछु ।’ ***

तपाईको प्रतिक्रिया