Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी पूर्व सरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिइने बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गर्नुभएको बजेटलाई नै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्री महाराले भन्नुभयो, “राजनीतिक पूर्वाग्रह नराखी अगाडि बढ्छौँ, त्यो बजेटमा हाम्रो पनि स्वामित्व छ ।” संसद्ले विनीयोजन विधेक पास गरिसकेको अवस्थामा बाँकी रहेका अरु विधेयकलाई चालु सदनबाटै पास गरिने स्पष्ट गर्दै उहाँले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो । अर्थमन्त्री महराले भन्नुभयो, “व्यवस्थापिका–संसद्को यही सेसनबाट बाँकी विधेयक पारित हुन्छ ।” पछिल्लो समयमा पुँजी बजारमा आएको उतारचढावका विषयमा उहाँले भन्नुभयो, “नेप्सेमा आएको परिवर्तन सरकार परिवर्तनसँग सम्बन्धित छैन, पुँजी बजारलाई सरकार परिवर्तनसँग जोड्न मिल्दैन ।”
अर्थमन्त्री महराले पुँजी बजारका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की र नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियासँग आजै छलफल गर्नुभएको थियो । छलफलका क्रममा पुँजीबजारमा देखिएको उतारचढाव सरकार परिवर्तनले नभई प्राविधिक एवम् बजारको प्रकृतिअनुसार भएको हो, यसबाट लगानीकर्ता आत्तिनु नपर्ने निकर्ष रहेको उहाँको भनाइ थियोे ।
मन्त्री महराले पुँजीबजारका लगानीकर्तालार्ई विश्वासमा लिएर सरकार अगाडि बढ्ने बताउँदै भन्नुभयो, “सरकार र अर्थ मन्त्रालय निजी क्षेत्रलाई पूर्ण विश्वासमा लिएर काम गर्न चाहन्छ, यसमा कुनै आशङ्का गर्नुपर्दैन ।” उहाँले निजी क्षेत्रलाई विश्वासमा लिएर नै पुँजी विकास गर्न सरकार प्रतिबद्ध रहेने स्पष्ट पार्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया