Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

टोकियो – पोख्रेली दिदीबहिनी समूह जापानको तिज बिशेष कार्यक्रम “रमाईलो तिज २०७३” को तयारी पुरा भएको छ ।

यहि अगस्ट १३ तारिख शनिबार, नेपाली मुराहल, सिनओकुबोमा “उत्तरदायित्व बहनका लागि दिदी बहिनीहरुको हातेमालो” भन्ने नाराका साथ आयोजना हुने कार्यक्रम को सम्पूर्ण तयारी सकिएको संस्थाकी महासचिव एवं कार्यक्रम संयोजक अन्जु भण्डारी जानकारी गराएकी हुन् ।

प्रवाशको ठाउँमा दिदीबहीनीहरु एकै ठाउँमा भेला भई नाँच गान गरी रामाईलो गर्दै सामाजिक उत्तरदायित्व बहन गर्दै, कार्यक्रममा संकलन भएको रकम, पोखरामा रहेको पोखरा वृद्धाश्रमलाई सहयोग गर्नै उद्देश्य राखिएको छ ।

कार्यक्रम भव्य र सभ्यरुपमा आयोजना गरिने भन्दै, सम्पूर्ण पोख्रेली दिदी बहिनीहरुलाई सहभागीताका लागि आह्वान गरिएको छ ।

तपाईको प्रतिक्रिया