Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का तीन ठूला दल मिल्नैपर्नेमा साना दलका सांसद्ले आग्रह गर्नुभएको छ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवस्थापिका–संसद्को बैठकमा आज बधाई र शुभकामना दिँदै विभिन्न साना दलका नेता÷सांसदले सो आग्रह गर्नुभएको हो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले तीन ठूला दल नमिलेको भएर संविधान बन्ने थिएन भन्दै आलोचना गर्नेबाट खुसी हुन र जयजयकार गर्नेबाट सतर्क हुन सुझाव दिनुभयो । उहाँले संविधान कार्यान्वयन गर्न र देशलाई बचाउन तीन ठूला दल मिल्नैपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम तामाङले मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध विकास गर्न नयाँ सरकार सक्षम हुनुपर्ने बताउनुभयो । नेकपा (माले)का अइन्द्रसुन्दर नेम्बाङले प्रधानमन्त्रीको निर्वाचनमा मतदान गर्ने मधेसी मोर्चाका सांसद प्रतिपक्षमै बस्नुले तीन बुँदे सहमति सफल नहुने त होइन भन्ने प्रश्न खडा भएको भन्दै संविधान कार्यान्वयनमा सरकारले सफलता पाउनुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नयाँ सरकारले वैदेशिक हस्तक्षेप रोक्न र प्रगतिशील कर कार्यान्वयन गर्न आवश्यक छ भन्नुभयो । नेकपा (संयुक्त)का जयदेव जोशीले गणतन्त्रलाई संस्थागत गरी कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्नुभयो । नेपाल परिवार दलका मिलनकुमार राजवंशीले प्रधानमन्त्री दाहालका प्रतिबद्धता पूरा होस् भन्ने कामना गर्नुभयो ।

राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक नेपाल) का शिवलाल थापा तीन ठूला दल नमिलेमा संविधान कार्यान्वयनमा जटिलता आउने बताउनुभयो । थरुहट तराई पार्टीका गङ्गा चौधरीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको नयाँ सरकारले नयाँ संविधान कार्यान्वयन, भूकम्पपीडित जनतालाई थप राहत दिन प्राथमिकता दिन सुझाव दिनुभयो ।

समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहले प्रम दाहालको नेतृत्वमा बनेको वर्तमान सरकारले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानले तराईका केही मानिसले आन्दोलन गर्दैमा एक मधेस एक प्रदेश बनाउन हुँदैन भन्नुभयो ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका रुक्मिणी चौधरीले थरुहट आन्दोलनको माग पूरा गर्न नयाँ सरकारले ध्यान पुराओस भन्नुभयो । खम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राईले संविधान कार्यान्वयन र महँगी नियन्त्रणमा नयाँ सरकारले काम गर्नुपर्छ भन्नुभयो ।

जनजागण पार्टीका लोकमणि ढकालले प्रम दाहालले ‘खोला त¥यो, लौरो बिस्र्याे’ भने झैँ सरकारको नेतृत्व गरेपछि भूकम्पपीडित जनताका अवस्थालाई नभुल्न आग्रह गर्नुभयो ।
दलित जनजाति पार्टीका यशोदाकुमारी लामाले प्रधानमन्त्री दाहालले सबै दललाई मिलाएर मन्त्रिमण्डल विस्तार गर्नुपर्छ भन्नुभयो । व्यवस्थापिका–संसद्को अर्काे बैठक यही साउन ३० गते आइतबार बिहान ११ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया