Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – फिस्टेल एयरको हेलिकोप्टर आज नुवाकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । गोर्खाबाट काठमाडौंका लागी उडेको नाइनएन एकेए साइन भएको हेलिकोप्टर आज मध्यान्ह  नुवाकोटको मदानपुर–९ पाखुरेस्थित बेतिनिको जंगलमा दुर्घटना भएको हो । दुर्घटनास्थल पुगेका ककनी प्रहरी चौकीका निरिक्षक कैलाश भट्टले हेलिकप्टरमा रहेका सबैको मृत्यु भएको जानकारी दिनुभयो ।

सबैको शव क्षतविक्षत अबस्थामा रहेको भन्दै भट्टले अहिले संकलन गर्ने कार्य भइरहेको बताउनुभयो । हेलिकोप्टर भिरमा ठोक्किएर खोंचमा खसेको उहाँले जानकारी दिनुभयो । गोर्खाको सिर्दिवास ८ फिलिमबाट साढे ११ बजेतिर उडेको सो हेलिकोप्टर सवा १२ बजेपछि नुवाकोटको आकासबाट सम्पर्कविहिन भएको थियो ।

गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार हेलिकोप्टरमा पाईलट रञ्जन लिम्बु, सिर्दिबास २ का ६० बर्षीय जितमान गुरुङ, ५६ बर्षीय अन्जनी गुरुङ, १९ बर्षीया प्रिति गुरुङ, लक्ष्मी गुरुङ, इटहरीकी निशा तामाङ र ५ दिनका शिशु रहेका छन् ।  तामाङवाहेक अरु सबै यात्रु एकै परिवारका हुन् ।

तपाईको प्रतिक्रिया