Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – फिस्टेल एयरको हेलिकप्टरमा नुवाकोटमा दुर्घटना परेको पुष्टि भएको छ । गोरखाबाट काठमाडौं आउने क्रममा नाइन एन एकेए हेलिकप्टर नुवाकोटको मदानपुर र पुमोरी आसपासको क्षेत्रमा दुर्घटना भएको हो ।

फिस्टेल एयरको अर्को हेलिकप्टर उद्धारका लागि दुर्घटनास्थलमा पुगेको र उद्धार टोलीले हेलिकप्टर जलेको अवस्थामा भेटेको फिस्टेल एयरका सेल्स एण्ड अपरेशन विभागका रमेश शिवाकोटीले जानकारी दिनुभयो । उहाँले हेलिकप्टर डढेको र केहि शव पनि जलेको भेटिएको भन्दै कोही पनि जिवित रहने संभावना नरहेको बताउनुभयो ।

हेलिकोप्टरमा गोरखाको सिर्दिवास गाविस वडा नम्बर २ कि प्रिती गुरुङ्ग, गुरुङका  ५ दिने छोरा, सासु अज्ञानी गुरुङ्ग र ससुरा कितमान गुरुङ्ग, स्थानीय अस्पालमा कार्यरत सिष्टर इटहरीकी निशा तामाङ्ग र ठेगाना नखुलेकी लक्ष्मी गुरुङ्ग रहेका गोरखाका प्रहरी उपरिक्षक जनकराज जोशीले जानकारी दिनुभयो । प्रितीका ५ दिने छोरा विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं लैजान गुरुङ परिवारले हेलिकप्टर चार्टर गरेको थियो ।

तपाईको प्रतिक्रिया