Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानको राजधानी टोकियोमा दुई दिवसीय नेपाल फेस्टिवल आइतवार सांझ सम्पन्न भएको छ ।

शनिवार सुरु भएको फेस्टिवलमा नेपाली कला, सँस्कृति, भेषभूषा, खानाका परिकार, नेपाली सेवा तथा उत्पादनका स्टलहरुले योयोगी पार्क नेपालमय बनेको थियो ।

बिगत ९ वर्षदेखि जापानमा आयोजना हुँदै आएको नेपाल फेस्टिवल यो वर्ष नेपाल जापान कूटनैतिक सम्बन्धको ६० औं वर्ष गाँठ पनि परेकोले थप महत्वका साथ मनाईएको हो । जापानमा क्रियाशील संघसंस्थाहरुको सहकार्यमा एनआरएन जापानले यो वर्षको नेपाल फेस्टिवलको आयोजना गरेको हो । 2 Ok

दुई दिनसम्म चलेको फेस्टिवलमा आ-आफ्ना जातिय भेषभूषामा सजिएका बिभिन्न समुदायका साँस्कृतिक झाँकी तथा नेपाली सँस्कृति झल्काउने साँगीतिक कार्यक्रमले नेपालको चिनारी बढाएका थिए । एभरेष्ट इन्टर्नेशनल स्कुल जापान, आदिबासी जनजाति महासंघ, तमु धी जापान, मगर संघ जापान, किरात राईहरुको समुदाय, वर्ल्ड नेवा अर्गनाईजेशन, घुम्टे नौमती बाजा, देउराली पञ्चे बाजा, नमस्ते ब्याण्ड, नेपाली भजन समुह लगायतका संघसंस्था तथा साँगीतिक समुहका साथै दर्जनौ कलाकारहरुले फेस्टिवलमा आ-आफ्ना साँगीतिक प्रस्तुती पस्केर नेपाली साँस्कृतिक विविधताको उजागर गरेका थिए । कार्यक्रममा जापानी कलाकारहरुले पनि साथ दिएका थिए ।

फेस्टिवलका दुवै दिनमा स्वास्थ्य सचेतना तथा मानसिक स्वास्थ्य परामर्श शिविर पनि सञ्चालन गरिएको थियो । शिविरमा सयौं नेपालीहरुले आफ्ना स्वास्थ्य तथा मानसिक समस्या बारे सम्बन्धित विज्ञहरुसंग परामर्श गरेका थिए । शिविरबाट करिव १ सय ५० जना भन्दा बढि नेपालीहरु लाभान्वित भएको शिविरमा खटिएका क्लिनिकल साइकोलोजिष्ट डा. बिजय ज्ञवालीले समुद्रपारिलाई बताए । डा. ज्ञवाली सहित कार्डियोलोजिष्ट डा. सन्दिप शाक्य, फिजिशियन डा. ऋचा शाहले स्वयमसेवीका रुपमा शिविर सञ्चालन गरेका हुन् ।

नेपाल जापान दुई देशबिचको ६० औं वर्षगाँठ वर्षभरि बिभिन्न कार्यक्रम गरी मनाईने अघिल्लै वर्षखि उदघोष गर्दै आईएको भए पनि ६० औं वर्षगांठको अवसरमा आयोजित नेपाल फेस्टिवलमा दूवै राष्ट्रबाट आशातित उच्चाधिकारीहरुको सहभागिता हुन सकेन । नेपालका तर्फबाट कार्यबाहक राजदूत र जापानका तर्फबाट परराष्ट्रका एक अधिकारी सहित पूर्व राजदूतहरुको बिशेष उपस्थितिमा ६० औं वर्षागांठ सहितको फेस्टिवल उदघाटन समारोह सम्पन्न भएको हो । सो अवसरमा एनआरएनका केन्द्रिय उपाध्यक्ष भवन भट्ट, एशिया संयोजक किरणविक्रम थापा लगायतको पनि उपस्थिति थियो ।

फेस्टिवल आयोजक समितिका संयोजक समेत रहेका एनआरएन जापानका अध्यक्ष सुदन थापाले समुद्रपारिसंग कुरा गर्दै नेपाल फेस्टिवल सफल पार्न सहयोग गर्ने स्पोन्सर, सपोर्टर, भोलेन्टियर, मिडियाकर्मी, कलाकर्मी लगायत बिभिन्न संघसंस्थाहरुलाई धन्यबाद ब्यक्त गरेका छन् । ’नेपाल जापान कूटनैतिक सम्बन्धको ६० औं वर्ष गाँठका अवसर पनि परेको यो वर्षको नेपाल फेस्टिवल सामरिक महत्वका हिसाबले पनि ऐतिहासिक बन्यो’ – उनले अगाडि भने – ’हामी फेस्टिवल मार्फत जापानबासी नेपालीहरुको एकताको सन्देश प्रवाह गर्न सफल भएका छौं भने मुलुकको आर्थिक समृद्धिको आधार पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउने अर्को जमर्को थपेका छौं ।

फेस्टिवलमा नेपालीहरुको उत्साहजनक सहभागिता, जापानी सहभागिता भने न्यून
बिगतका वर्षहरुको तुलनामा यस वर्षको नेपाल फेस्टिवलमा नेपालीहरुको उपस्थिति उल्लेख्य रहेको थियो भने सोही अनुपातमा जापानीहरुको सहभागिता भने बढ्न नसकेको धेरैको प्रतिक्रिया रह्यो । जापानमा नेपालीहरुको संख्यामा आएको बृद्धिसंगै फेस्टिवलमा नेपालीहरुको उपस्थिति बाक्लिनुलाई स्वभाविक मान्न सकिए पनि बिगतका वर्षहरुभन्दा यो बर्ष नेपाल फेस्टिवलको जापानी मिडियामा भएको प्रचारप्रसारअनुसार उनीहरुलाई फेस्टिवलसम्म तान्न सकिएको देखिएन । यो पक्षलाई आगामी फेस्टिवलमा पहिलो प्राथमिकतामा राखेर सोचिनुपर्ने सुझाव धेरैको रह्यो ।

फेस्टिवल बारे जापानीहरु के भन्छन् त ?
(बिभिन्न ठाउँबाट फेस्टिवल अवलोकन गर्न आएका फरक फरक पृष्ठभूमिका प्रतिनिधिमुलक केही जापानीहरुको फेस्टिवल बारे प्रतिक्रिया जस्ताको तस्तै)
१. मलाई नेपाल साह्रै मन पर्छ । एकपटक नेपाल गएको छु पनि । तर फेस्टिवलमा भने पहिलोचोटी आएको हुँ । जापानमा नेपाल फेस्टिबल नेपालीहरुको महोत्सव जस्तो देखियो, खासमा यो जापानीहरुका लागि हुनुपर्ने हो ।जापानीहरुलाई फेस्टिवल स्थलसम्म तान्ने त्यस्तो आकर्षण खासै देखिएन । जापानीहरुलाई जाउँ जाउँ लाग्ने बनाउन त्यहि प्रकृति र लेभलको कार्यक्रम सेट हुनु आवश्यक छ । त्यसका लागि नेपाली समुदायको मात्र पहल पर्याप्त नहुन सक्छ । यसमा नेपाल सरकार र सम्बन्धित निकायको भूमिका महत्वपूर्ण हुन्छ जस्तो लाग्छ ।
नाकाओ, टोकियो

२. फेस्टिवलमा देखिएका जापानी अनुहारहरु धेरैजसो नेपाली समुदायमा घुलमिल भईसकेका र नेपालीहरुसंग सँधै सहकार्य गर्दै आईरहेका पुरानै अनुहारहरु पाईयो। जापानमा नेपाल फेस्टिवललाई निरन्तरता दिने नै हो भने जापानी समुदाय लक्षित बनाउन जरुरी छ । त्यसो नगरेसम्म फेस्टिवल वर्षको एकचोटी नेपालीहरु भेटघाट गर्ने अवसरका रुपमा मात्र सीमित हुन पुग्छ । त्यसका लागि जानकार जापानीहरुको सहयोग र सहकार्यमा समग्र फेस्टिवलको संरचना एवं डिजाइनमा हेरफेर गरी यथेष्ट गृहकार्य र लामो तयारीका साथ लाग्नुपर्दछ । जापान सरकारको समेत ध्यानाकर्षण हुने गरी फेस्टिवल गर्न सकेमा मात्र प्रभावकारी र सार्थक नतिजा हासिल गर्न सकिन्छ जस्तो लाग्छ ।
आसुका उएहारा, माचिदासिटी, टोकियो

३. कुनै पनि देशको फेस्टिवल भनेको त्यो देशलाई बिदेशमा चिनाउने महोत्सव हो । नेपाल फेस्टिवलबाट के कति जापानीहरुले नेपाल चिन्ने अवसर पाए र नेपाल जान तयार भए भन्ने कुरा महत्वपूर्ण पाटो हो । यसबारेमा पनि लेखाजोखा गरिनु, प्रतिक्रिया तथा सर्बेक्षण संकलन गरिनु आवश्यक छ भने नेपाल फेस्टिवल के कसरी आयोजना गर्दा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्दछ भन्ने बारेमा समय समयमा सार्थक बहस सुरु गरिनु आवश्यक छ । साथै फेस्टिवलमा जतिसक्दो धेरै जापानीहरुलाई आकर्षण हुने खालका कार्यक्रमहरु राखिनुपर्दछ । यतातिर आयोजकहरु चुक्ने गरेको देखियो ।
मासामी होण्डा, साइतामा

४. यो वर्षको नेपाल फेस्टिवल समग्रमा राम्रो भए पनि मुख्य कुरो जापानीहरुको उल्लेख्य सहभागिता हुन सकेन । त्यसका लागि आगामी दिनमा जापानीहरुकै अग्रसरतामा नेपाल फेस्टिवलको आयोजना गर्नुपर्दछ र त्यसलाई नेपालीहरुले सहयोग गर्नुपर्दछ । स्टेज कार्यक्रमका सन्दर्भमा पनि खाली फिल्मका रेडिमेड गीतहरु बजाएर नाचेर मात्र नेपाली मौलिक सँस्कृतिको परिचय दिन सकिदैन । यसमा सुधार ल्याउनुपर्दछ । फेस्टिवल आयोजनाका सम्बन्धमा नेपालीहरुले अन्य राष्ट्रहरुबाट पनि सिक्न जरुरी छ ।
ताकुया केइता, हाचिओजी

५. खानाका स्टलहरुमा सबै ठाउँमा उस्तै उस्तै परिकारहरु हुनुभन्दा फरक फरक स्टलमा फरक फरक परिकारहरु खान पाईने भयो भने जापानीहरुलाई थप रमाईलो र सहज हुने थियो ।नेपालीहरुको उल्लासमय उपस्थितिलाई हेर्दा फेस्टिवलको महत्व बढेर गएको सहजै अनुमान गर्न सकिन्छ, यसरी नै जापानीहरुको उपस्थिति बढाउन नेपालीहरुको प्रभावकारी पहल हुनु जरुरी छ । सरकारी तवरबाट पनि देखिने गरी सपोर्ट हुन सकेमा यसको गरिमा बढ्नेमा दुई मत नहोला ।
सेइजो तेरासाकी, चिवा

६. धेरै मान्छे भेला गरेर मात्र फेस्टिवल सफल हुने होइन । सारमा नेपालप्रति जापानीहरुको धारणालाई पोजिटीभ बनाउन सक्नुपर्दछ । नेपालबारे सामान्य जानकारी पनि नभएका जापानीहरुको संख्या जापानमा अझै ठूलो छ । उनीहरुलाई लक्षित गरी कार्यक्रमहरु बनाईनुपर्दछ । दुई राष्ट्रको सरकारी स्तरदेखि जनस्तरसम्मको सम्बन्धलाई यस्ता महोत्सवहरुले थप कसिलो बनाउन मदत पुर्‍याउँछन् । जापानमा नेपाललाई चिनाउने पर्वकोरुपमा फेस्टिवललाई परिष्कृत गर्दै लैजानुपर्दछ ।
मियाजिमा ताकासी, योकोहामा

७. हरेक वर्ष हुने नेपाल फेस्टिवलमा आउने गरेको छु । गत वर्ष महाभूकम्पका कारण फेस्टिवल नै भएन, नरमाइलो लाग्यो । नेपालीहरु सबै मिलेर नेपाल फेस्टिवल मार्फत जापानमा आफ्नो देशको चिनारी बढाउने अभियानमा जुटेको देख्दा खुशी लाग्छ । बिगतका फेस्टिवलहरु भन्दा यो बर्ष धेरै हिसाबले उत्कृष्ट रह्यो । ढाका टोपी बितरण कक्ष देखि लिएर स्वास्थ्य परामर्श कक्षसम्मका थरिथरिका स्टलहरु, नेपाली खानाका परिकारहरु, परम्परागत लोकबाजाहरुको प्रयोग, नेपाली संगीतमा देखिएको जापानीहरुको मोह, साँस्कृतिक विविधताको उत्कृष्ट नमुना बिभिन्न जातजातिका भेषभूषा र साँस्कृतिक झाँकी साँच्चिकै मनमोहक र जापानीहरुको दिमाखमा छाप छोड्न लायक थिए । तर नेपाली मित्रहरुले यतिमै सन्तोष मान्न भने हुँदैन । जापानमा अबको नेपाल फेस्टिवल कस्तो हुनुपर्दछ भन्ने बिषयमा सार्थक बहस थालिनुपर्दछ । जापानीहरुको सहयोग लिन हिचकिचाउनु हुँदैन । जापानीहरु निस्वार्थ सहयोग गर्न रुचाउने स्वभावका हुन्छन्, उनीहरुले कहिलै भाउ खोज्दैनन् । यत्रो ठूलो महोत्सवहरुको आयोजना गर्दा नेपाल सरकार साक्षी मात्र बसेको देख्दा अचम्म लाग्छ । जापानमा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उपयुक्त अवसरको रुपमा बिकास गर्न निजी क्षेत्रले यतिका वर्षदेखि गर्दै आएको प्रयासमा सरकार रमिते बनेर बस्न मिल्दैन । रिबन काटेर मात्र सरकारको दायित्व पुरा हुँदैन ।
ताकेयुकी हिरोशी, कावासाकी

८. फेस्टिवलको आयोजना गर्ने तिथिमितिमा पुनर्बिचार गरिनु आवश्यक छ । अति गर्मीका कारण चाहना भएकाहरु पनि फेस्टिवलमा आउन नसकेको पाईयो भने कतिपय फेस्टिवल स्थलमा धेरैबेर टिक्न नसकेको देखियो । त्यसैले सेप्टेम्वर वा अक्टुबरतिर भयो भने धेरै शितल मौसम हुने थियो । यसैगरी नेपाल फेस्टिवल कुनै पर्व वा दिवसको अवसर पारेर सँधै एउटै तिथिमितिमा गर्ने गरी क्यालेण्डरमै उल्लेख गर्न सके धेरै राम्रो हुने थियो । मुश्किलले एउटा फेस्टिवल सकेपछि अर्को वर्षको फेस्टिवल हुने हो या हैन भन्ने अन्यौलताको अन्त्य गरिनुपर्दछ । जापानीहरु अन्यौलतामा रुमलिएर समय खर्च गर्न रुचाउँदैनन् ।
नोमोतो हिरोयुकी, इवाराकी

 

 

तपाईको प्रतिक्रिया