Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

गोरखा  – काठमाडौंका लागि उडेको तर नुवाकोटमा दुर्घटना भएको आशंका गरिएको फिस्टेल एयरको हेलिकप्टरमा एकै घरका चार जना सहित ७ जना रहेका छन् ।

हेलिकोप्टरमा गोरखाको सिर्दिवास गाविस वडा नम्बर २ कि प्रिती गुरुङ्ग, गुरुङका  ५ दिने छोरा, सासु अज्ञानी गुरुङ्ग र ससुरा कितमान गुरुङ्ग, स्थानीय अस्पालमा कार्यरत सिष्टर इटहरीकी निशा तामाङ्ग र ठेगाना नखुलेकी लक्ष्मी गुरुङ्ग रहेको गोरखाका प्रहरी उपरिक्षक जनकराज जोशीले जानकारी दिनुभयो ।

सिर्दिवास सदरमुकाम गोरखाबाट ३० कोेष टाढा पर्छ । प्रितीका ५ दिने छोरा विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं लैजान गुरुङ परिवारले हेलिकप्टर चार्टर गरेको थियो ।

तपाईको प्रतिक्रिया