Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

खोटाङ – खोटाङमा पाँच दिनदेखि विद्युत अवरुद्ध भएको छ । गएको शनिबारदेखि गाईघाट–दिक्तेल ३३ केभी विद्युत प्रसारण लाइन अवरुद्ध हुँदा जिल्ला अन्धकार भएको छ ।

विद्युत अवरुद्ध हुँदा हरेक सरकारी, गैर–सरकारी कार्यालय, संघसंस्था, बित्तीय कार्यालय, व्यवसाय तथा निजी कामकाज प्रभावित भएको छ । विद्युत अवरुद्ध हुँदा खोटाङका ३९ गाविसका ८ हजार ८ सय ५३ उपभोक्ता बाहेक छिमेकी जिल्ला ओखलढुंगाको जनजीवन समेत प्रभावित भएको छ ।

Batti

विद्युत नआउँदा खोटाङबाट हरेक शुक्रबार प्रकाशित हुँदै आएको हलेसी साप्ताहिक, आइतबार प्रकाशित हुँदैआएको रुपाकोट साप्ताहिक र हरेक सोमबार प्रकाशित हुँदैआएको खोटाङखबर साप्ताहिक पत्रिका प्रकाशन हुन सकेको छैन । विद्युतको अभावमा जिल्लाका हलेसी एफएम र रुपाकोट एफएमको प्रसारणसमेत बन्द भएको छ ।

पाँच दिनसम्म विद्युत नआएको भन्दै दिक्तेलका बासिन्दा आक्रोशित भएका छन् । आक्रोशित बनेका फोटो सेन्टर र फोटोकपी व्यवसाय गर्ने व्यवसायी, स्थानीय उपभोक्ताको समूहले केहीबेरअघि विद्युत प्राधिकरणको कार्यालयमा डेलीगेसन गएर तत्काल विद्युत सुचारु गराउन ध्यानाकर्षण गराएका छन् । बुधबार बेलुकासम्ममा बिद्युत सुचारु हुने जवाफ पाएपछि आक्रोशित स्थानीय फर्किएको डेलीगेसन टोलीका नेतृत्व गरेका स्थानीय गोपालचन्द्र आचार्यले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण शाखा खोटाङका अनुसार रसुवादेखि उदयपुरको साउनेबीचमा फल्ट भएकाले विद्युत अवरुद्ध भएको हो । हालसम्म फल्ट भएको स्थान पत्ता लाग्न नसकेको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया