Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

Thakali Samaj Logoटोकियो – थकाली सेवा समिति जापानले बिगत २५ वर्षदेखि हरेक वर्ष आयोजना गर्दै आएको समर पिकनिक गत आइतवार सम्पन्न गरेको छ ।
ठूलो संख्याका नेपालीहरुको सहभागिता रहेको उक्त पिकनिक कार्यक्रममा सहभागि सबैलाई कार्यक्रम संयोजक समेत रहेका थसेसका उपाध्यक्ष अनिल भट्टचनले स्वागत गदै बर्षभरिको थकाई मेटाई रिफ्रेश हुन र भरपुर मनोरञ्जन लिन आग्रह गरे ।

टोकियोको शिनकिवा स्थित सामुद्रिक तटमा रहेको तोरिचु युमेनो शिमा नामको मनोरम पार्कमा भएको सो पिकनिक कार्यक्रम केही दिन अघि मात्र जिम्मेवारी सम्हाल्न जापान आएका जापानका लागि कार्यवाहक नेपाली राजदूत कृष्णचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उत्त कार्यक्रममा दूतावासका द्वितीय सचिव टोपनारायण गिरी, सहचारी रेवन्त केसी, एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग, हालका अध्यक्ष सुदन थापा, जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा, तमुधींका अध्यक्ष श्री गुरुङ लगायतका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

जापान आएपछि पहिलोचोटी सार्बजनिक कार्यक्रममा देखिएका अर्यालले कार्यक्रम सफलताको कामना गरे । प्रमुख अतिथिकोरुपमा बोल्दै उनले जापानमा पहिलोचोटी एकै ठाउँमा धेरै नेपालीहरुलाई भेट्ने अवसर पाएकोमा खुशी ब्यक्त गरे । यसअघि उनलाई थसेसका संरक्षक शरदकुमार गौचनले सफल कार्यकालको कामना गर्दै खादार्पण गरी स्वागत गरेका थिए । उनी दूतावासका उपनियोग प्रमुखकारुपमा जिम्मेवारी सम्हाल्न हालैमात्र जापान आईपुगेका हुन् ।

कार्यक्रममा थसेस जापानका पूर्व अध्यक्षद्वय कृष्ण गौचन र ध्रुव भट्टचनले संस्थाको ऐतिहासिक पक्षका बारेमा प्रकाश पार्दै बिगतका अनुभवहरु सुनाएका थिए ।

कार्यक्रमको अन्तमा थसेसका अध्यक्ष बुद्धि गौचनले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्बन्धित सबैलाई धन्यबाद ब्यक्त गर्दै लेलिन भट्टचन लगायतका दर्जनौं प्रायोजकहरुलाई पनि खादार्पण गरी सम्मान गरेका थिए ।

बिहान ११ बजे देखि अपरान्ह चार बजे सम्म चलेको सो पिकनिक कार्यक्रममा प्रवक्ता दिपक गौचनको सञ्चालन रहेको थियो । थरिथरिका पेय पदार्थ र बिभिन्न किसिमका स्वादिष्ट परिकारहरुको रसस्वादनसंगै साँगीतिक मनोरञ्जनमा सहभागीहरु झूमेका थिए ।***

 

तपाईको प्रतिक्रिया