Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं- व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित पाँच राजदूतको आज संसदीय सुनुवाइ गरेको छ ।
समितिले परराष्ट्र सेवामा रहनुभएका प्रस्तावित राजदूतमध्ये सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, डा दुर्गाबहादुर सुवेदी र ऋषिराम घिमिरेको संसदीय सुनुवाइ गरेको हो । उहाँहरु पाँचै जना परराष्ट्र मन्त्रालयका सहसचिव हुनुहुन्छ । लम्साललाई पाकिस्तान, पोखरेललाई ब्राजिल, सुवेदीलाई संयुक्त राष्ट्र सङ्घको कार्यालय भियना, डा दुर्गालाई संयुक्त अधिराज्य र घिमिरेलाई रुसी महासङ्घका लागि नेपाली राजदूतमा सिफारिस गरेर सरकारले सुनुवाइ गर्न समितिमा पठाएको हो ।
संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आ–आफ्नो कार्ययोजना र सोच प्रस्तुत गर्दै आफू खटिएर जाने मुलुकसँगको सम्बन्धलाई थप विकास र विस्तार गर्नुका साथै आर्थिक कूटनीतिलाई जोड दिने प्रतिबद्धता जनाउनुभयो । उहाँहरुले भन्नुभयो – “नेपालको इज्जत र प्रतिष्ठा बनाउनेतर्फ नै हाम्रो ध्यान केन्द्रित हुने छ । शान्ति र विकासका लागि आवश्यक पहल गरिने छ । सम्बन्धका विभिन्न आयाम पहिल्याइने छ । यातायात क्षेत्रमा सम्पर्क सञ्जाल विस्तार गन ध्यान दिइने छ ।” राजदूतमा सिफारिस भएका परराष्ट्र सेवाका तीन जनाको भोलि बिहान सुनुवाइ गर्ने समितिले कार्यसूची बनाएको छ । सहसचिवत्रय रमेशप्रसाद खनाललाई जर्मनी, झविन्द्रप्रसाद अर्याललाई इजिप्ट र लोकबहादुर थापालाई बेल्जियम र युरोपेली सङ्घका लागि राजदूतमा प्रस्ताव गरिएको छ ।
सरकारले परराष्ट्र सेवाभन्दा बाहिरबाट थप १४ जनालाई राजदूतका लागि प्रस्ताव गरेको छ ।

तपाईको प्रतिक्रिया