Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं  – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गर्नुभएको छ । संविधानको धारा २९८ को ३ अनुसार राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

यसअघि राष्ट्रपतिले संविधानको धारा २९८ को २ अनुसार सहमतीय सरकार गठनका लागि दिनुभएको सात दिने समय आइतबार गुज्रेको थियो । सोमबार दिउँसो ३ बजे बस्ने बैठकमा बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेको पत्र सभामुखले पठेर सुनुनाउनु हुनेछ ।

सोमबारकै संसद बैठकले प्रधानमन्त्री चयनको कार्यतालिका तय गर्नेछ । संसद सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्तालगायतको निर्वाचन तालिका तोक्नेछ । संसद सचिवालयले पर्सि बुधबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ ।

राजनीतिक घटनाक्रम आकश्मिक रुपमा परिवर्तन नभएमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार प्रधानमन्त्रीमा चुनिनुहुनेछ । बहुमतीय प्रक्रियाका लागि समर्थन जुटाउन कांग्रेस र माओवादीले गृहकार्य तीव्र पारेका छन् ।

तपाईको प्रतिक्रिया