Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं  – संसदीय सुनुवाई विशेष समितिले २२ देशका लागि सरकारले प्रस्ताव गरेको राजदूतको सुनुवाई मंगलबारदेखि गर्ने भएको छ ।

समितिले मंगलबार बिहान बस्ने पहिलो बैठकमा उजुरीकर्तासँग छलफल गर्ने र दोस्रो बैठकबाट सुनुवाई थाल्ने निर्णय गरेको समिति सदस्य अनिताकुमारी परियारले जानकारी दिनुभयो । सरकारले गएको वैशाख २२ देशका लागि राजदूत तथा स्थायी प्रतिनिधि सिफारिस गरेको थियो ।

२२ मध्ये आठ जना परराष्ट्र सेवाबाट छन् भने बाँकी राजनीतिक भागण्डाका आधारमा सिफारिस गरिएको छ । मंगलबार सुनुवाईका लागि परराष्ट्र सेवाका चार जनालाई बोलाइएको परियारले जानकारी दिनुभयो ।

यस्तै समितिले राजदूतको संसदीय सुनुवाई नभई एग्रिमो नपठाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । सरकारले प्रस्तावित राजदूतको सुनुवाई नै नभई एग्रिमो पठाउने निर्णय गरेको खुलासा भएपछि सोमबार समितिले मुख्य सचिव सोमलाल सुवेदीलाई बोलाएर सोधपुछ गरेको हो ।

सुवेदीले सुनुवाई समिति नबनेका बेला एग्रिमो पठाउने निर्णय भए पनि कार्यान्वयन नभएको जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया