Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

विराटनगर – नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानको कार्यान्वयन र २०७४ माघ ८ गतेभित्र तीनवटा निर्वाचन गराउनुपरेकाले सहमतिको सरकार आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

Secretary of Shaanxi Provincial Committee of the Communist Party

नेत्री कोइरालाले संविधान कार्यान्वयन र संशोधनलगायत प्रस्ताव पारित गराउन संसद्मा दुई तिहाई चाहिएकाले एमालेसहितको राष्ट्रिय सरकार गठन गरिनुपर्नेमा जोड दिनुभयो ।
कुनै पनि सरकारलाई अवधिभर काम गर्न दिनुपर्ने उल्लेख गर्दै अब नयाँ बन्ने सरकारलाई पनि ढाल्ने प्रयास भएमा मुलुकमा अस्थिरता आउने सम्भावना व्यक्त गर्नुभयो ।

वर्तमान सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने, चिनीयाँ राष्ट्रपतिको भ्रमण सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिँदै उहाँले मुलुकको लागि के गर्दा राम्रो हुन्छ, त्यसतर्फ नयाँ सरकार अग्रसर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रिय मुद्दालाई कार्यान्वयनका लागि नेकपा (एमाले)सँग राम्रो सम्बन्ध राख्नुपर्ने सुझाव दिँदै उहाँले मुलुकमाथि खतरा आउन नदिन राजनीतिक दल जिम्मेवार हुनुपर्ने धारणा प्रकट गर्नुभयो ।

तपाईको प्रतिक्रिया